४ वैशाख २०८१ मंगलबार
समाज

साझा यातायातको बाग्लुङ—काठमाडौं भाडा घट्यो

बाग्लुङ–साझा यातायातले बाग्लुङ—काठमाडौं चल्ने बसको भाडा घटाएको छ। पहिले कायम गरिएको भाडामा २० प्रतिशतले घटाएको साझा यातायात बाग्लुङका संयोजक नारायण पौडेलले बताए। साझा यातायातमा बाग्लुङ—काठमाडौं यात्राको ५ सय ५० रुपैयाँ भाडा लिने गरिएकोमा अहिले ४ सय ४० कायम गरिएको पौडेलले जानकारी दिए ।

‘यात्रुहरुलाई सहज र शुलभ मूल्यमा सेवा दिन भाडा घटाएका छौं,’ पौडेलले भने । असोज १६ गतेबाट बाग्लुङमा सेवा विस्तार गरेको साझा यातायातले यहाँको बानपा—२  अदालत रोड र बानपा—३ गुठीमा टिकट काउन्टर स्थापना गरेको छ ।

 अहिले दुई वटा बसबाट सेवा दिईरहेको साझाले छिट्टै रात्री सेवामा डिलक्स बस मार्फत सेवा प्रदान गर्ने जनाएको छ । ‘अहिले दिवा सेवा मात्र छ, हामी चाँडै नै रात्री सेवाका लागि पनि बस थप्ने तयारीमा छौं,’ पौडेलले भने,‘डिलक्स बस मार्फत रात्री समयमा सेवा दिनेछौं ।’ साझा यातायातले बाग्लुङबाट काठमाडौं बिहान ६ः३० बजे बस छुटाउँदै आएको छ । असोज १६ गतेदेखि काठमाडौं उपत्यका बाहिर पोखरा, बाग्लुङ, गोरखा, भैरहवा र लुम्बीनिका लागि साझाले सेवा शुरु गरेको थियो ।

 

प्रकाशित: ५ माघ २०७३ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App