८ वैशाख २०८१ शनिबार
समाज

ट्रक घरमा पस्दा आठमहिने बालिकाको मृत्यु

रत्ननगर (चितवन)—चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभज्ञ्याङको पाँचकिलोमा एक घरमा ट्रक पस्दा एक बालिकाको मृत्यु भएको छ। काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ९६९९ नम्बरको ट्रक चण्डिभज्ञ्याङ गाविस–९ को पाँचकिलोमा अनियन्त्रित भई एउटा घरमा पसेको थियो ।

राति करिब १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा परी स्थानीय किसान गुरुङ की ८ महिनाकी छोरी किष्मा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

गम्भीर अवस्थामा उद्धार गरिएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित: २१ असार २०७३ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App