८ वैशाख २०८१ शनिबार
राजनीति

अखिल क्रान्तिकारी र विद्यार्थी न्यूक्लियसबीच एकता

काठमाडौँ- नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारी र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी न्यूक्लियसबीच एकता भएको छ।

काठमाडौँको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरेर दुबै संगठन एक भएको घोषणा गरेका हुन्।

घोषणा कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका संयोजक सेवन्त राज भण्डारीले दुई संगठनको एकताले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई थप ऊर्जा मिलेको बताए। उनले आगामी निर्वाचनमा आफ्नो संगठनले अप्रत्यशित नतिजा निकाल्दै धेरै क्याम्पसमा जित्ने दाबी समेत गरे।

‘यो एकताले अवसरवादी झापड हुनेछ र क्रान्तिकारीहरु एक हुँदैछन् भन्ने सन्देश दिएको छ’ पत्रकार सम्मेलनमा बोल्दै संयोजक भण्डारीले भने । आफ्नो संगठनले राष्ट्रियताको लागि लिपुलेकमा झण्डा गरेको बताउँदै राष्ट्रियता रक्षाको लागि संघर्षका कार्यक्रमका साथ स्ववियू चुनावमा सहभागी हुने संयोजक भण्डारीले बताए ।

त्यसैगरी विद्यार्थी न्यूक्लियसका पूर्व संयोजक सुनित बुढाथोकीले विद्यार्थी आन्दोलनलको जामलाई खोल्ने बताइन् । उनले दुई संगठनको एकताले स्ववियु चनावमा क्रान्तिकारीको जितलाई सुनिश्चित गरेको बताउँदै आफूहरुले धेरै क्याम्पसमा जित्ने दाबी गरिन् । उनले चुनावी प्रक्रियामा असहमति हुँदाहुँदै पनि स्वविय चुनावमा गएको बताउँदै हार्ने डरले केही संगठन चुनाव भाड्न लागेको दाबी समेत गरे।

यही माघ २४ र २५ गते अखिल क्रान्तिकारीको राष्ट्रिय भेला आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

कार्यक्रममा पार्टीका कार्यालय सदस्य दिनेश शर्माले पार्टीको तर्फबाट शुभकामना दिँदै आगामी स्ववियु चुनाव जित्ने गरी तयारीमा लाग्न निर्देशन दिए।

 

प्रकाशित: ४ माघ २०७३ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App