coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रामपुर महोत्सवमा पाँच करोडको कारोबार

रामपुर (पाल्पा)-प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ ।

गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा अहिलेसम्म व्यापारिक कक्षबाट रु पाँच करोड २५ लाख, बाल उद्यान र होटेल तथा रेष्टुरेन्टबाट रु २०-२० लाख बराबरको आम्दानी भएको प्रचारप्रसार उपसमितिका सहसंयोजक छवि खनालले जानकारी दिए ।

मेला अवधिभर रु १० करोड बराबरको कारोबार तथा दुई लाख दर्शक भित्र्याउने लक्ष्य लिएको मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । मेलामा २०० व्यापारिक कक्ष, २६ वटा होटल तथा रेष्टुरेन्ट, चारवटा अटोमोबाइल्स र एउटा फोटो प्रदर्शनी रहेको छ ।

सोमबारबाट प्यारामोटर र हेलिकप्टर उडान सेवा सुरु गरिएपछि दर्शकको आकर्षण बढेको छ । दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति, स्थानीय कला संस्कृतिले मेलाको रौनकता बढाएको छ ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेला यही माघ ८ गतेसम्म चल्नेछ ।

प्रकाशित: ४ माघ २०७३ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App