वाशिंटन–अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी चन्द्रमामा जाने अन्तिम व्यक्ति थिए। अमेरिकी स्पेस एजेन्सी नासालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार क्याप्टेन सर्जन ती तीन जना अन्तरिक्ष यात्री मध्ये एक जना थिए, जो दुईपटकसम्म चन्द्रमामा पुगेका थिए भने, १९७२ मा चन्द्रमाको धरातल छोड्ने अन्तिम व्यक्ति थिए।
सर्ननले आफ्नो अन्तिम सन्देशमा भनेका थिए,‘हामी जसरी आयौं, त्यसरी नै जाँदैछौं। भगवानको कृपा भयो भने हामी सबैकालागि शान्ति र आशाकासाथ फेरि आउँछौं।’
सर्नन अपोलो १७ मिशनका कमाण्डर थिए। अहिलेसम्म १२ जना वैज्ञानिक चन्द्रमामा पुगिसकेका छन भने अहिलेसम्म ६ जनामात्र जिवित छन्।
सर्ननको सोमबार निधन भएको हो। परिवारका एक सदस्यले भने, ‘हाम्रोलागि यो निकै दुखको क्षण हो।’ ८२ वर्षको उमेरमा पनि सर्नन आफ्नो योजना सुनाउन र अन्तरिक्षमा मानवीय संभावनाको खोजीलाई लिएर उत्साहित थिए। अपोलो १७ मिशन भन्दा पहिला सर्नन अन्तरिक्षमा १९६६ र १९६९ मा चन्द्रमामा गएका थिए। उनलाई नासाले १९६३ मा अन्तरिक्ष अभियानकालागि छानेको थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत