६ वैशाख २०८१ बिहीबार
राजनीति

कर्णाली करिडोरको तीन मन्त्रीद्वारा आकश्मिक अनुगमन

कर्णाली करिडाेरकाे अवलाेकन गर्दै मन्त्रीकाे टाेली।

बाजुरा–सरकारका तीन जना मन्त्रीको टोलीले नेपाली सेनाले निर्माण जिम्मा लिएको कर्णाली करिडोरको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। निर्माण अवस्था र कामको गति बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, रक्षा मन्त्री बालकृष्ण खाँड र गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।
स्थानीय प्रशासनलाई कुनै जानकारी नदिई आकश्मिक अनुगमन गरिएको बताइएको छ। स्थानीय प्रशासन र प्रहरीले अनुगमन टोली बाजुरा पुगेपछि मात्र जानकारी पाएको थियो।

नेपाली सेनाको एम आइ १७ हेलिकप्टरबाट इलाका प्रहरी कार्यालय कुण्डामा झरेको टोलीले करिब ३० मिनेट अनुगमन गरेर फर्किएको थियो । अनुगमनमा स्थानीयको पनि कमै मात्र सहभागिता रहेको स्थानीय धर्मराज पाध्यायले बताए। मुगु सदरमुकाम गमगढीदेखि चीनको तिब्बतसँग जोड्ने गमगढी—नाक्चेलाग्ना सडकखण्डको अवोलकनको अवसर पारेर टोली पुगेको बताइएको छ ।

सरकारका उच्चद पदस्थ अधिकारी आउँदा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराउनु पर्ने प्रावधान भएपनि मन्त्रीको टोलीले त्यसको वास्ता नै गरेको देखिएन ।   कालिकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमीकोटसम्म कुल १ सय ९६ दशमलव ३ सय ४७ किमि लामो कर्णाली करिडोर ५ वर्षभित्र सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मा लिएको छ ।

कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक निर्माणमा तत्कालीन राजा ज्ञानेन्द्रले दुई वर्षभित्र जुम्ला सडक पुर्याउने घोषणा गरेपनि हतारमा काम गर्दा सडक केही साँघुरो भएको जनाउँदै सेनाले कडा चट्टान भएको भिरमा पनि ६ मिटर सडक चौडा बनाउने बाचा गरेको छ ।

कालिकोटको खुलालुदेखि बाजुराको लैफुसम्म ४०, लैफुदेखि हुम्ला सीमानासम्म ४३ र हुम्ला खण्डमा १ सय १३ दशमलव ३ सय ४७ किमि सडक निर्माणका लागि सरदर प्रतिकिमि ७० लाख लागत पर्ने सेनाले बताएको छ । कालिकोटको खुलालुदेखि बाजुराको अर्थुंगेचौरसम्म ६८ किमि सडक यही आर्थिक वर्षभित्र नेपाली सेनाले ट्रयाक ओपन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित: ४ माघ २०७३ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App