भोलि के होला?

मङ्गलबार, ०४ माघ २०७३, ०९ : ३३ नागरिक

अंशुमान तिवारी

नोटबन्दीपछि राम सजीवन हरेक तेस्रो दिन बैंकको लाइनमा लाग्छन्। कहिले पैसा झिक्ने त कहिले राख्ने लामो लाममा उनको दैनिकी बित्ने गरेको छ। माघ अन्तिममा उनकी छोरीको बिहे पनि आउँदैछ। जर्मनीको फ्र्यांकफर्ट सहरबाट भारतीय सेयरबजारमा लगानी गरिरहेका एन्ड्र्युले पनि नोटबन्दीपछि लगातार सेयरबजारमा रहेको आफ्नो लगानी खुइँखुइँती बेचिरहेका छन्।

सजीवनलाई सरकारमाथि पूरा भरोसा छ र एन्ड्र्युलाई चाहिँ भारतप्रतिको आशा कम भएको छैन। तर, दुवैले आफ्नो पूरै बुझाइलाई सान्त्वना दिइरहे पनि आउने भविष्य के होला भनेर गहिरो असमञ्जसमा छन्।

ब्ल्याक स्वान इभेन्टबारे खुलासा गर्ने तालेब भन्छन्, ‘विचार आउँछन्, जान्छन्। कथा नै टिकाउ हुन्छन्। नोटबन्दीको कथा रोमान्चक छ, तर यसलाई योभन्दा ठूलो कुनै कथाले मात्रै विस्थापित गर्न सक्छ।

सजीवन र एन्ड्र्युको साझा समस्याको शीर्षक छ, भोलि के होला? सजीवन दिनदिनै बद्लिरहेको निर्णयबाट आत्तिएका छन्। एन्ड्र्युलाई चाहिँ सरकारले आर्थिक मन्दीलाई निम्तो दिएको हो कि भन्ने लागिरहेको छ। भोलि अचानक कुनचाहिँ ट्याक्स (कर) थपिदेला या सूचना पठाउला भन्ने डरले नोक्सान बचाएर टाप कस्नु नै उचित होला भनी एन्ड्र्यु सोचिरहेका छन्।

सजीवनचाहिँ मनको कुरा भन्न सकिरहेका छैनन्, गुनगुन गरिरहन्छन्। एन्ड्र्युचाहिँ उम्दा अंग्रेजीमा रूपकै बोलिदिन्छन्, ‘हामी यस्तो बसमा चढेका छौँ, जसमा आशाको गीत बजिरहेको छ। मौसमको खराबी देखिएको छैन। बसका चालक भरोसालायक छन्, तर यसरी बसले बाटो काटिरहेको छ कि चालकको चलाइका कारण मुटु नै ठेगानामा छैन। चालकलाई नै थाहा छैन, उसले गाडीलाई गन्तव्यमा लैजाला कि नलैजाला!’

नोटबन्दीले थाकेका सजीवन कपाल कन्याउँदै चुप हुन्छन्। तर, एन्ड्र्यु ‘डिमनिटाइजेसन’ लाई भारतको ‘ब्ल्याक स्वान इभेन्ट’ नामकरण गरिरहेका छन्। स्मरण रहोस्, नोटबन्दीपछि विदेशी लगानीकर्ताले नोभेम्बर महिनामा मात्रै १९,९८२ करोडको सेयर बेचिसकेका छन्। यो सन् २००८ मा लेहम्यान ब्रदर्स बैंकको ध्वंशपछि भारतीय बजारमा सबैभन्दा ठूलो बिक्री हो।

ब्ल्याक स्वान इभेन्ट अर्थात् पूर्ण रूपमा अप्रत्यासित घटना। सन् २००८ मा बैंक डुब्नु र भूमण्डलीय आर्थिक मन्दीपछि निकोलस नसिम तालेबले वित्तीय बजारलाई यस सिद्धान्तबाट परिचित गराएका थिए। क्वान्ट ट्रेडर (गणितीय आकलनका आधारमा सेयर किनबेच)ले तालबलाई यतिबेला संसारको वित्तीय दार्शनिकका रूपमा चिन्दछ। ब्ल्याक स्वान इभेन्टका तीन विशेषता छन्ः

१. यस्तो घटना जुन यसअघि इतिहासमा भएको थिएन र यसको हामी कल्पना पनि गर्दैनौँ। इतिहासले हामीलाई यसबाट जुध्न कुनै सूत्र दिँदेन।

२. घटनाको असर अति व्यापक र गहिरो हुन्छ।

३. घटनापछि यस्ता व्याख्याहरू हुन्छन् कि जसले यो त हुनु नै थियो भनी हल्ला गरिन्छ।

नोटबन्दीमा त्यही ब्ल्याक स्वानको लक्षणहरू देखिएका छन्।

त्यसैले अनिश्चितता २०१६ को सबैभन्दा ठूलो न्युजमेकर बन्न पुग्यो।

अनि,

नोटबन्दी वा भूमण्डलीय परिवर्तनको हिसाबले २०१७, राजनीतिक–आर्थिक गभर्नेन्सका लागि सबैभन्दा असमञ्जसयुक्त वर्ष हुने देखिन्छ।

ब्ल्याक स्वान थ्योरीका अनुसार, आधुनिक संसारमा एउटा घटनाले अर्को घटनालाई तयार गर्ने गर्छ। जस्तो, केही मानिस कुनै फिल्म यस कारणले हेर्छन् कि छेउछाउका सबैले यो फिल्म हेरिसके। यसले अप्रत्यासित घटनाको शृंखला बनाउँछ। नोटबन्दीपछि एउटा आशा के थियो भने भ्रष्टाचार पूर्ण रूपले अन्त्य हुनेछ। तर, भ्रष्टाचार अन्य तरिकाले प्रष्फुटित होला, बेरोजागरी–मन्दी आउला भनेर कसैले पनि सोचेको थिएन।

नोटबन्दी आफैमा अप्रत्यासित थियो र यसले त्यस्तै अप्रत्यासित प्रश्नहरू पनि छाडेर जाँदैछ। यसलाई सुल्झाउन हामीसँग इतिहासमा कुनै यस्ता घटना पनि छैनन्। ब्ल्याक स्वानले छाड्ने आर्थिक परिणाम वा दुष्परिणाम मात्र आकलन गर्न सकिन्छ, सामाजिक परिणाम आँक्न सकिँदैन।

• नोटबन्दीपछि नयाँ नोट जम्मा गर्नेहरूलाई के कारबाही हुन्छ? नगद राख्ने सीमा तय गरिएला? डिजिटल पेमेन्ट सिस्टम अझै पनि पूर्ण रूपमा तयार भएको छैन। नगदको संकट यस्तै रहिरहला? यो अवस्थामा कामधन्दा कसरी चल्ला?

• नयाँ नोट बजारमा सर्कुलेसन सुरु नभई नयाँ नोटको आपूर्तिको व्यवस्था कसरी होला? नगद निकासीमाथि लगाइएको प्रतिबन्ध कहिलेसम्म जारी रहला?

• नगद फेला परेपछि सर्वसाधारणले खपत गर्लान् या वचत गर्लान्? वचत गरे भने सुन या घरजग्गामा लगानी गर्न पाउलान् कि नपाउलान्?

र, सबैभन्दा ठूलो प्रश्नः

• यी सारा उठापटकपछि सर्वसाधारणले आउँदो वर्ष नयाँ जागिर पाउलान्? कमाइ गर्ने मौका बढ्ला त? अथवा पुनः २०१६ कै जस्तो अवस्था रहिरहला?

भारतलाई ब्ल्याक स्वान घटनाको अनुभव छैन। अमेरिकामा २००१ को डटकम बबलका बेला जुन संकट आइपर्‍यो र जिम्बाबेले हाइपर इन्फ्लेसन (२००८) को जुन आपत झेल्यो, नयाँ शताब्दीमा केही यस्ता घटना थिए। बाँकी विश्वको तुलनामा भारतीय अर्थतन्त्रमा निरन्तरता र सम्भाव्यता रहिरह्यो। विदेशी मुद्रा संकटका अतिरिक्त ताजा इतिहासमा भारतले ठूला बैंकिङ, मुद्रा संकट या वित्तीय संकटकाललाई कहिल्यै देखेन। स्वतन्त्रतापछि आएको आर्थिक संकटका कारण प्राकृतिक विपत्ति अथवा भूमण्डलीकृत चुनौती–तेलको मूल्यमा आएको उतार–चढाव, पूर्वी एसियाली मुद्रा संकट या लेहम्यान ब्रदरको संकटजस्ता कुरा रहे, त्यसको परिणाम अनुमानित अपेक्षाकृत सरल थियो र त्यसलाई भारतले आफ्नै स्वदेशी खपत र आन्तरिक शक्तिका कारण झेल्न सक्यो। नोटबन्दीचाहिँ हरेक कोणबाट अप्रत्यासित थियो। त्यसैले परिणामलाई लिएर कुनै आकलन हुन सकेन वा थिएन। त्यसैले सर्वसाधारणमा असुरक्षाको भावना छ।

प्रधानमन्त्री नरेन्द्र मोदी सक्रिय राजनेता हुन्। उनी चाँडोभन्दा चाँडो केही ठूलो काम देखाउन चाहन्छन्। हामीले के मान्नुपर्छ भने, उनले चुनावको राजनीति मात्र गरेका होइनन्। पछिल्लो एक वर्षमा उनले विभिन्न स्किम र प्रयोगको नयाँनयाँ सूची नै जारी गरेका छन्, तर यसका बीच ठोस लक्ष्य के हो भन्ने अनिश्चितताचाहिँ बढेर गएको छ। सन् २०१४ मा मोदीलाई प्रधानमन्त्रीका रूपमा चुन्नेहरूले नयाँ किसिमको शासन चाहन्थे जसले रोजगार, राम्रो कमाइ तथा नीतिगत निरन्तरतातर्फ लैजाओस्। प्रयोग त केही भएका छन्, तर पछिल्ला अढाइ वर्षमा रोजगार र कमाइचाहिँ बढेको छैन। कांग्रेस आईको नेतृत्वको पछिल्लो सरकारसँग नीति शून्यता (पोलिसी प्यारालाइसिस)को चरम अवस्था थियो भने मोदी सरकार नीति रोमाञ्च(पोलिसी एडभेन्चरिज्म)को महारथी बन्न पुगेको छ।

ब्ल्याक स्वान इभेन्टबारे खुलासा गर्ने तालेब भन्छन्, ‘विचार आउँछन्, जान्छन्। कथा नै टिकाउ हुन्छन्। तर, एउटा कथालाई हटाउनका लागि अर्को कथा चाहिन्छ। नोटबन्दीको कथा रोमान्चक छ, तर यसलाई योभन्दा ठूलो कुनै कथाले मात्रै विस्थापित गर्न सक्छ। र, त्यो कथाले नै जनताको भरोसालाई टिकाइराख्न सकिन्छ। उसो भए सन् २०१७ मा अनिश्चितता र असमञ्जसले हाम्रो पुच्छर नछाड्ने हो त?

सम्पादक, इन्डिया टुडे। इन्डिया टुडेको ११ जनवरी २०१७ बाट

अनुवादः अच्युत कोइराला








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad