७ वैशाख २०८१ शुक्रबार
समाज

लकडाउन उल्लंघन नगर्न आग्रह गर्दा स्थानीयको कुटाईबाट असई घाईते

सर्लाही- स्थानीय युवा समूहको कुटाईबाट सर्लाहीको राजघाट स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विकरु मण्डल घाईते भएका छन्।

मोबाईल चोरी भएको उजुरी आएपछि चौकी नजिकैको गाउँमा पुगेका मण्डलमाथि लकडाउन उल्लंघन गर्दै जम्मा भएका स्थानीयले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

मंगलबार राती ९ बजे तिर एक प्रहरी जवानसँगै गाउँ  पुगेका प्रहरी सहायक निरीक्षक मण्डलले धेरै भिडभाड नगर्न भनेर सम्झाउने क्रममा स्थानीय बासिन्दासँग भनाभन भएको र विवाद बढ्दै गएपछि मदिरा सेवन गरेर मातिएका स्थानीय बासिन्दाको समूहले कुटपिट गरेको बताईएको छ। कुटपिटमा संलग्न भएको आरोपमा राती नै स्थानीय तीनजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। टाउकोमा चोट लागेर घाईते भएका प्रसनि मण्डलको हरिवन स्थित नमुना अस्पतालमा उपचार भईरहेको छ।

राती नै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्याय नेतृत्वको टोली घटनास्थल पुगेर असई मण्डलको उद्दार एवं कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित: १० वैशाख २०७७ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App