coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ममतालाई १० लाख ३५ हजार सहयोग

काठमाडौं- स्वर्गीय पत्रकार कर्ण बोहराकी  मिर्गौलारोग पीडित पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी तथा नागरिक समाजको तर्फबाट संकलित १० लाख ३५ हजार ८ सय ७१ रुपैयाँ हस्तान्तरण गरिएको छ।

ममता बचाऊ अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रसारक संघ ( अकोर्‍याव), प्रदेश–७ का अध्यक्ष दीर्घराज उपाध्यायले सोमबार ममतालाई भक्तपुरस्थित डेरामा उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।  यसअघि सोही अभियानअन्तर्गत नेपालगन्जबाट संकलित ५८ हजार १ सय २० रुपैयाँ हस्तान्तरण गरिएको थियो।

अभियानका सदस्य उपाध्यायले सामाजिक सञ्जाल, पत्रिका र रेडियोमार्फत् पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि सहयोग आह्वान गरेपछि धनगढीमा स्वर्स्फुत रूपमा विभिन्न संस्था तथा व्यक्तिले सहयोग गरेको जानकारी दिए।

अभियानलाई मनकारी व्यक्तिले सय रुपैयाँदेखि ७० हजारसम्म सहयोग गरेका छन्। मिर्गौला खराब भएकी ममताको काठमाडौंमा उपचार गराइरहेको बेलामा करिब दुई महिनाअघि नेपाल पत्रकार महासंघ, कञ्चनपुरका पूर्वअध्यक्ष कर्ण बोहराको मृत्यु भएको थियो। बोहोराको मृत्युपछि बिचल्लीमा परेकी ममताको उपचारका लागि ममता बचाउ अभियान सुरु गरिएको थियो।

स्वर्गीय पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि नेपाल पत्रकार महासंघ कैलालीका पूर्वअध्यक्ष तथा सामुदायिक रेडियो प्रसारक संघका प्रदेश नम्बर ७ का अध्यक्ष दीर्घराज उपाध्याय, नेपाल पत्रकार महासंघका पूर्वकेन्›ीय उपाध्यक्ष डीआर पन्त, उमिद बागचन्द, केन्द्रीय सदस्य दिलबहादुर छत्याल, न्युज २४ टेलिभिजनका सुदूरपश्चिमका ब्युरो प्रमुख दीपक उपाध्याय, सुदूर सन्देश दैनिकका प्रकाशक सम्पादक हेमन्त पौडेल, दिनेश एफएमका समाचार प्रमुख शिवराज  भट्ट, नेपाल पत्रकार महासंघ डोटीका पूर्वअध्यक्ष टेकेन्› देउवा, गोदावरी एफएमका प्रबन्ध निर्देशक गोविन्द रोस्यारा, एसटीएस टेलिभिजनका विराज रोस्यारा, साहित्यकार पदमराज जोशी 'प्रभात' लगायत सञ्चारकर्मीको अगुवाइमा ममता बचाऊ अभियान सुरु भएको थियो। नागरिक समाजका तर्फबाट कृषि विकास बैंक क्षेत्रीय तालिम धनगढीका पूर्वप्रमुख जनकराज पाण्डेयले अभियान अगुवाइ गरेका थिए।

प्रकाशित: ४ माघ २०७३ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App