७ वैशाख २०८१ शुक्रबार
समाज

जीप दुर्घटनामा तीनको मृत्यु

धनकुटा- गएराती धनकुटाको फाक्सिव गाविस स्थित लेउतीटारमा ल्याण्डरोभर जीप भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ केराबारी ७ का २३ बर्षिय मिलन मगर, ३० बर्षिय बिक्रम मगर, २५ बर्षिय आइत राई रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। केराबारी ७ मोरङबाट धनकुटाको फाक्सीव हिडेको को १ च ८१८ नम्वरको ल्याण्डरोभर जिप लेउतीटार स्थित भीरबाट करिब एकसय मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खड्काले बताए। दुर्घटना पछि जीप चालक विक्रम रोका सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ३ माघ २०७३ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App