coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

सर्लाही–सर्लाहीको फुलपरासीमा ६५ वर्षीया महिलाको धारीलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको छ। आइतबार राती फुलपरासी–४ की ६५ वर्षीया नुनु देवी रायलाई धारीलो हतियारले काटेर विभत्स हात्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए। कालगतिले श्रीमान रामपुकार रायको मृत्यु भएको एक महिना नबित्दै श्रीमतीको विभत्स हत्यो भएको प्रहरीले जनाएको छ । महिलालाको घाटी, टाउको र ढाडमा खुकुरीले काटेर घरमै शव फालेको अवस्थामा फेला परेको प्रहरी नाउव उपरीक्षक रिजालले बताए । घटना लगतै घटनास्थाल पुगेका प्रहरी अनुसन्धानमा जुटेको उनले बताए।

प्रकाशित: ३ माघ २०७३ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App