coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब चैत्रमा चुनाव हुने संभावना टर्यो: मन्त्री पाण्डे

काठमाडौं–संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले भने अहिले कै अवस्थामा चैतमा निर्वाचन हुने संभावना आफूले नदेखेको बताए। उनले दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको उनको भनाइ थियो।

‘प्रधानमन्त्रीज्यू स्वदेश फिर्ता भए लगत्तै हामी सहमतिमै निर्वाचनको मिति घोषणा गर्छौं, त्यसको लागि अहिले दलहरुसँग छलफल भैरहेको छ,’ उनले भने।
मनसुन अगाडि नै चुनाव गर्ने योजनामा सरकार रहेको उनको भनाइ थियो। उनले निर्वाचन सम्बन्धी ऐन÷विधेयकहरु संसदमा टेबुल भैसकेकोले अब ती विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गराएर चुनावको वातावरण जतिसक्दो चाँडो बनाउनमा सरकार केन्द्रित रहेको बताए।

मन्त्री पाण्डेले संसदमा टेबल भएको संविधान संशोधन विधेयक आवश्यक परे आवश्यक परिमार्जनसहित पारित गराएर भएपनि असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने कुरामा सरकार गम्भिर रहेको बताए। उनले भने, ‘अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि सहमतिमा आएको छ, केही लचकता देखाएको छ, त्यसैले मधेसी मोर्चालाई  सहमतिमै लिएर चुनावमा जानुपर्छ भन्ने कुरामा हामी बढि केन्द्रित छौं।’

उनले हालै स्थानीय तह पूर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेन छिट्टै मन्त्रिपरिषदमा लैजान आफूले तयारी गरेको जनाउँदै भने,‘अबको क्याविनेटमा म त्यो प्रतिवेदन लैजाँदैछु, त्यसपछि त्यसलाई राजपत्रमा छापेर अघि बर्ढान्छ।’ उनले प्रतिवेदन राजपत्रमा छापिईसकेपछि स्वतः कार्यान्वयन हुनेसमेत जिकिर गरे।

प्रकाशित: ३ माघ २०७३ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App