८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इजरायल–प्यालेष्टाइन द्वन्द्व समाधानका लागि पेरिसमा सम्मेलन

पेरिस-सन् २०१४ देखि औपचारिक रुपमा आमनेसामने नभएका इजरायल र प्यालेष्टाइनबीचमा शान्ति वार्ता गराउने हेतुले फ्रान्सको राजधानी पेरिसमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । दशकौँ लामो द्वन्द अन्त्य गर्न समर्थन गर्नका लागि ७० राष्ट्रका प्रतिनिधिहरुको उपस्थिति रहने अनुमान गरिएको सम्मेलन प्यालेष्टाइनले स्वागत गरेको छ भने इजरायलले यो सम्मेलन आफ्नो विरुद्ध षड्यन्त्र गरेको भन्दै बहिष्कार गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्मेलन व्यर्थको भन्दै असन्तोष प्रकट गरेका छन्।


तिक्तता पूर्ण रुपमै सन् २०१४ को अप्रिलमा यी दुई राष्ट्रका बीचमा अन्तिम शान्ति वार्ता भएको थियो । इजरायल र प्यालेष्टाइन दुवैलाई यो सम्मेलनमा सहभागि हुन भन्दा पनि बैठकको निष्कर्षको जानकारी लिन मात्रै पेरिस बोलाईएको थियो । संयुक्त राण्ट्र संघले गत महिना इजरायलले कब्जा गरेको जमिनमा बस्ती बसाउने कार्यलाई समर्थन नगर्ने निर्णय जारी गरेपछि इजरायल र पश्चिमा मुलुकहरुका बीच नराम्रो सम्बन्ध कायमै भइरहेको बेला सम्मेलनको आयोजना भएको हो ।

इजरायलले भने संयुक्त राष्ट्र संघले उक्त निर्णय गर्नुका पछाडि ओबामाको इन्जिनियरिङ प्रशासनलाई दोष लगाएका थिए । यसअघि इजरायलको पक्षमा भिटो प्रयोग गर्दै आएको अमेरिका पछिल्लो समय भने मतदानमै अनुपस्थित रहेको थियो ।  तर ह्वाईट हाउसले भने उक्त आरोपको अस्वीकार गरेको छ ।

सम्मेलन ‘जालसाजी’ : इजरायल

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्ह्युले भने उक्त सम्मेलनलाई ‘जालसाजी’ को आरोप लगाएका छन् ।उनले भनेका छन् यो सम्मेलन इजरायलका विरुद्ध प्यालेष्टाइन र फ्रान्सले जालसाजी पूर्ण रुपमा इजरायलका विरोधीहरुलाई एकत्रित  गर्न गरिएको सम्मेलन हो । यस्ता गतिविधिले शान्तिलाई थप पछाडि धकेल्ने काम मात्रै हुन्छ ।

उनले दुई देशका बीचको समस्यामा अन्तर्राष्ट्रिय हस्तक्षेपको विरोध गर्दै समाधान दुई देशका बीचमा हुने प्रत्यक्ष वार्ताबाट मात्रै सम्भव रहेको बताएका छन् ।
अमेरिकी विदेश विभागले विदेश सचिव जोन केरीले सम्मेलनमा उपस्थित हुने जनाएको छ । विदेश विभागका प्रवक्ता मार्क टोनरले भने–‘अमेरिका इजरायल समस्या समाधान हुन प्रयोग गरिने हरेक प्रयास हेर्न चाहन्छ । ’

 

प्रकाशित: ३ माघ २०७३ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App