coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मेसी र स्वारेजको फर्म निरन्तर

बार्सिलोना, माघ २ (एएफपी)– लियोनेल मेसीले आफ्नो उच्च फर्म तथा लुइस स्वारेजको गोल गर्ने क्रमले निरन्तरता पाएको दिन शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले लस पाल्मसमाथि ५–० को रबाफ जमाएको छ ।

लुइस स्वोरजको २ तथा मेसी, आद्रा टुरान र एलेक्सिस भिडालको १÷१ गोलमा पाएको यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग दूरी २ अंकमा झारेको छ । तर रियालले बार्सिलोनाभन्दा २ खेल कम खेलेको छ ।

१४ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले गोलका लागि आन्द्रे गोमेजको पास उपयोग गरेका थिए । तर अग्रता दोब्बर पार्न घरेलु टोलीले ५२ औं मिनेट कुर्नुप¥यो । मध्यान्तरपछिको सातौं मिनेटमा मेसीले पछिल्ला सात खेलमा गोल गर्ने क्रमलाई निरन्तरता दिँदै टोलीको अग्रता दोब्बर पारे । स्वारेजले ५७ औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरे भने टुरानले ५९ औं तथा भिडालले ८० औं मिनेटमा गोल गरे । बार्सिलोनाका लागि भिडालको यो पहिलो गोल हो ।
बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले आश्चर्यजनक रुपमा नेइमार, आन्द्रिया इनियस्टा र जेरार्ड पिकेलाई आराम दिएका थिए ।
मध्यान्तरअघि राफिल्ना र गोमेजले गरेको प्रहार बाहिरिँदा घरेलु टोलीले अग्रता दोब्बर पार्ने मौका खेर फालेको थियो । लस पाल्मसका गोलरक्षक जाभी भारसले मेसीको वन अन वन बलको उत्कृष्ट बचाउ गरेका थिए ।

स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अन्य खेलमा लेगानेस र एथलेटिक बिल्बाओले गोलरहित बराबरी नतिजा निकाल्दा निकोलस गाइटानको गोलमा एट्लेटिको मड्रिडले रियाल बेटिसमाथि १–० को जित हासिल ग¥यो । आइतबार डेर्पोटिभो ला कोरुनाले भिलारियलसँग गोलरहित बराबरी खेल्दा भ्यालेन्सियाले स्पान्योलमाथि २–१ को जित हासिल गर्दै रेलिगेसन क्षेत्रसँगको दूरी बढायो । मार्टिन मोर्टोया र सान्टी मिनाको गोलमा पाएको जितपछि टोली १६ अंक जोड्दै रेलिगेसन क्षेत्रसँगको दूरी ४ अंकले फराकिलो पार्न सफल भयो । डेविड लोपेजले समय सकिन चार मिनेट बाँकी रहँदा एक गोल फर्काए पनि स्पान्योललाई पुनरागमन जनाउन त्यो पर्याप्त भएन ।
 

प्रकाशित: ३ माघ २०७३ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App