काठमाडौं– यसै साता नयाँ एल्बम ‘खतरा’ सार्वजनिक गर्ने तर्खरमा थिए, यम बुद्ध । तर, २९ वर्षीय नेपाली ¥यापर यम बुद्ध (अनिल अधिकारी) को धोको अधुरो रह्यो । नेपाली संगीतमा सक्रिय भएर लागेका उनी शनिबार बाथरुममा झुन्डिएको अवस्था मृत भेटिए । पत्नी अस्मिता अधिकारीसहित उनी लन्डनमा बस्दै आएका थिए ।
‘पोस्टमार्टम रिपोर्ट सोमबारसम्म आएपछि उनको पार्थिव शरीर नेपाल ल्याउने वा नल्याउने भन्ने टुंगो हुन्छ । तत्काल के गर्ने भनेर कुनै निर्णय गरेका छैनौँ,’ अभिनेता रेस मरहठ्ठाले भने । रेस ¥यापर यम बुद्धका निकटस्थ हुन् ।
सन् २०११ मा यम बुद्धसहित कोलिनविक्रम राणा, युनिक पोइन्ट लगायत ¥यापरको नेतृत्वमा सुरु भएको ‘¥याप ब्याटल’ले युवालाई प्रोत्साहित गरेको थियो । पश्चिमेली देशमा लोकप्रिय अन्डरग्राउन्ड ¥यापलाई सर्वप्रथम नेपालमा भिœयाएपछि ¥याप संगीत युवामाझ लोकप्रिय बन्दै गएको छ ।
‘रअ बार्ज अन्डरग्राउन्ड ब्याटल’ नामक ¥याप ब्याटलको सुरुवाती दिनमा यम बुद्धले ¥यापरलाई प्रशिक्षण समेत दिएका थिए । युट्युबको आधिकारिक च्यानलमार्फत ‘रअ बार्ज अन्डरग्राउन्ड ब्याटल’ लोकप्रिय हुँदै गएपछि युवा पुस्ताको सहभागिता एकाएक बढेको थियो । सहभागीले सुरुमा मायाप्रीति र बिस्तारै समसामयिक विषयलाई प्राथमिकता दिएका थिए ।
विभिन्न सिजनमा सञ्चालन गरिएको ‘रअ बार्ज अन्डरग्राउन्ड ब्याटल’को पहिलो सिजनको नेतृत्व भने यम बुद्धले गरेका थिए । उनले झन्डै ६० ब्याटल सञ्चालन गराएका थिए । उनले तयार गरिदिएको ब्याटलले धेरै ¥यापरलाई प्रोत्साहन गरेको थियो । दक्षिण एसियामा खासै स्थापित नभएको ‘रअ बार्ज अन्डरग्राउन्ड ब्याटल’मा नेपाली मात्र नभएर विदेशीले समेत सहभागिता जनाएका थिए । लोकदोहोरी जस्तै लाग्ने ¥याप ब्याटलमा प्रतियोगीले शब्द प्रहारका आधारमा विजय घोषित हुन्थ्यो । भाषिक उच्चारणले गर्दा उमेर हद तोकिएको ¥याप ब्याटलमा समसामयिक व्यंग्य र विरोध समेटिन्थ्यो ।
सानैदेखि ¥याप म्युजिकमा रुचि राख्ने यम बुद्ध राकिम, आर्मी अफ द फारोज, विटल्स, जे टमाइन र भिन्नी पाज लगायत गीत मन पराउँथे । राप्रपाका नेता अम्बिकाप्रसाद अधिकारीका छोरा यम मोरङमा जन्मिएका हुन् । सन् २०१३ मा विवाह गरेका उनको एकादेश, पागलपन, कोही, आमा, र यो प्रशंसा लगायत गीत चर्चित छन् ।
गायिका इन्दिरा जोशीले यम बुद्धसँग काम गर्ने योजना पूरा हुन नपाउँदा दुःख लागेको बताइन् । ‘सँगै काम गर्ने हाम्रो योजना भए पनि पछि व्यस्तताले गर्दा गीत रेकर्डिङ गर्न भ्याइएन । सांगीतिक कार्यक्रमको दौरानमा विभिन्न स्थान पुग्दा उनी स्थानीय युवाहरुसँग ¥याप म्युजिकको कुरामा व्यस्त हुन्थे,’ उनले यम बुद्धलाई सम्झिइन् । सन् २०१३ मा एनसेलको कन्सर्टदेखि यम बुद्धसँग जोशीको चिनजान भएको थियो ।
नेपाली ¥याप म्युजिकमा विभिन्न कलाकारले आ–आफ्नै शैलीले सांगीतिक गतिविधि गरिरहेको तर ¥यापलाई युवामाझ पु¥याउन यमले महŒवपूर्ण भूमिका खेलेको जोशीले बताइन् । ‘हामीले सुनेझैँ लोकदोहोरी शैलीमा उनले ¥यापलाई नेपाली समाजमा फैलाउन कस्सिएका थिए,’ उनले भनिन् ।
पोखराका ¥यापर लाहुरे (आशिष राना) आफूलाई ¥यापर बनाउन यम बुद्धको भूमिका रहेको बताउँछन् । ‘यम बुद्धसँग मेरो पहिलो भेट २०१३ को जुनतिर भएको हो । त्यतिबेला म पोखरामै थिएँ,’ उनले भने, ‘तिमी पनि काठमाडौं आएर ¥याप ब्याटलमा सहभागी हुनुप¥यो भनेर यमले मलाई फोन गरेका थिए । अनि म ¥यापमा सहभागी भएँ ।’
नेपाली ¥यापलाई यहाँसम्म ल्याउन यम बुद्धले धेरै योगदान गरेको उनको बुझाइ छ ।
‘¥यापलाई व्यावसायिक बनाएको श्रेय उनलाई नै दिनुपर्छ,’ उनले भने । यम बुद्धसँग गीत गाउने इच्छा भए पनि पूरा नभएकामा उनले दुःख व्यक्त गरे ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...
एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...
इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
यसमा तपाईको मत