७ वैशाख २०८१ शुक्रबार
राजनीति

विदेशमा अलपत्र पार्ने एजेन्टमाथि कारबाहीः प्रधानमन्त्री

युएई– प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीसँग आइतबार अन्तक्र्रिया गरेका छन् ।  वल्ड फ्युचर इनर्जी समिट, २०१७ मा विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दूतावासमा नेपालीसँग अन्तक्र्रिया गरेका हुन् ।
अन्तक्र्रियामा प्रधानमन्त्री दाहालले नेपालमा राजनीतिक रुपमा राष्ट्रिय एकता कायम गरी संविधान कार्यान्वयन, आर्थिक विास, पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको बताए ।

युएईमा कार्यरत नेपालीको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीका समस्या समाधानमा उच्चप्राथमिकता दिएको छ । सरकार विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न क्रियाशील छ ।’

उनले नेपालीले विदेशमा आर्जन गरेको पुँजी देश विकासको आधारशीला भएको पनि बताए। ‘तपाईंहरूले यहाँ कमाएको सीप, अनुभव र पँुजी नेपालको विकासका लागि आधारशीला हो’, उनले भने, ‘तपाइँहरूले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’

युएईबाट नेपालमा भइरहेको सुन तस्करी, हुन्डी र भिजिट भिसामा नेपालीलाई यहाँ ल्याएर अलपत्र पारिएका घटना छानबिन गर्न सरकारले मातहत निकायलाई निर्देशन दिएको पनि उनले सुनाए । विमानस्थल अध्यागमन र प्रहरीसँगको मिलेमतोमा मानव तस्करले हजारौं मान्छे युएई ल्याएर अलपत्र पार्दै आएका छन् । मोटो रकम असुलेर नेपाली अलपत्र पार्ने कार्यमा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

युएईमा हुने ऊर्जा सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्रीले अमेरिकामा भन्दा नेपालमा पहिला जलविद्युत्को सुरुवात भएको स्मरण गर्दै नेपाल त्यसले गति लिन नसकेको बताए । ‘अहिलेसम्म हामीले पानी सदुपयोग गर्न सकेका छैनौं । त्यसैले हाम्रो ध्यान यसको सदुपयोग कसरी गर्ने भन्नेमा केन्द्रित छ । हामीले वैदेशिक रोजगारीबाट भित्रिएको पुँजीलाई जलविद्युतलगायत विकास आयोजनामा केन्द्रित गर्न खोजिरहेको छौं’, उनले भने । युएईमा रहेका नेपालीको समस्या समाधानका लागि आफूले यहाँका उच्चअधिकारीसँगको भेटमा पनि कुराकानी गर्ने उनले जनाए ।

ब्लड मनी, पासपोर्ट नवीकरण शुल्क घटाउनेलगायत केही महŒवपूर्ण काम गरिरहेको जानकारी पनि उनले दिए ।
फरक प्रसंगमा उनले कसैलाई पेलेर वा ठेलेर राष्ट्रिय समस्या समाधान नहुने बताए ।

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टन्डन, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागी थिए । प्रधानमन्त्रीले आइतबार नै नेपाल बिजनेस काउन्सिलको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित: ३ माघ २०७३ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App