८ वैशाख २०८१ शनिबार
राजनीति

बाबुरामकाे नयाँ शक्तिले संघीय गठबन्धनसँग सहकार्य गर्ने

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संघीय गठबन्धनसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

भट्टराईको प्रस्तावमा गठबन्धनका नेताहरूले सहमति जनाएका छन् । नयाँ शक्ति  र गठबन्धनबीच सहकार्यबारे आइतबार भएको औपचारिक वार्ता सकारात्मक भएको दुवै पक्षका नेताले बताएका छन् ।

सहकार्यबारे थप छलफल गर्न बिहीबार फेरि बैठक बस्ने तय भएको छ ।  बैठकपछि संयुक्त वक्तव्य जारी गर्ने तयारी छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले आइतबारको बैठकमा नयाँ शक्ति  र संघीय गठबन्धनबीच सहकार्य गर्ने सहमति भएको बताए । ‘नयाँ शक्ति पार्टी र गठबन्धनबीच सहकार्य गर्ने सहमति भएको छ’, झाले भन,े ‘छोटो चरणका लागि सहकार्य गर्ने कि लामो समयसम्म भन्नेबारे टुंगो लाग्न बाँकी छ ।’

दुवै पक्षबीच आइतबारको बैठकमा संविधान संशोधन विधेयकबारे पनि छलफल भएको थियो । गठबन्धनका नेताले परिमार्जनसहित संशोधन विधेयक पास भए आफूहरू चुनावमा जान तयार भएको बताएका थिए । भट्टराईले पनि संशोधन विधेयक परिमार्जन भएमात्र समस्या सामधान हुने बताएका थिए ।

प्रकाशित: ३ माघ २०७३ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App