८ वैशाख २०८१ शनिबार
समाज

नागरिककर्मी पौडेललाई धम्की दिनेमाथि कारबाहीको माग

काठमाडौं – नागरिककर्मी दिलिप पौडेललाई केही व्यक्तिले धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। ती संस्थाले धम्की दिनेलाई कारबाही गर्न समेत माग गरेका छन्।

पत्रकार महासंघका महासचिव रमेश विष्टले बुधबार एक विज्ञप्ति जारी गरी पौडेललाई धम्की दिनेलाई कारबाही गरेर सुरक्षाको व्यवस्था मिलाउन प्रशासनलाई आग्रह गरेका हुन्। नागरिक दैनिकमा प्रकाशित ‘गर्भवती डेरा निकाला’ समाचारमा कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र अन्य केही व्यक्तिले फोनबाट धम्की काम निन्दीय भएको जनाएको छ। 

घटनामा संलग्न व्यक्तिलाई तत्काल पहिचान गरी  कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गरेको हो।

यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले पनि एक विज्ञप्ति प्रकाशित गरी धम्की दिनेलाई कारबाही गर्न माग गरेका छन्। समाचारप्रति चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै यस पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको युनियनका महासचिव सिवाकोटीले प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

 युनियनका केन्द्रीय सदस्य समेत रहेका पौडेललाई एकपछि अर्को धम्कीपूर्ण फोन, एसएमएस र सामाजिक संजालमा धम्कीपूर्ण गाली नगर्न पनि युनियनले चेतावनी दिएको छ।  पत्रकार पौडेललाई सुरक्षाको प्रत्याभुति दिलाई भय रहित वातावरणमा पत्रकारीता गर्ने वातावरण सिर्जना गर्न युनियनले माग गरेको छ।

कीर्तिपुरका महेशराज महर्जनले सामाजिक सञ्जालमा तस्बिर राखी ‘कीर्तिपुरमा गर्भवती महिलालाई घरबेटी र कीर्तिपुरेले निकाला गरे भनेर समाचार लेखेर पित पत्रकारिता गर्ने यीनै हुन्। यसलाई के—के भन्नुपर्ने हो भनौं साथी हो।’ लेखेका थिए। अहिले महर्जनले उक्त सामग्री हटाए पनि अन्य व्यक्तिले अपमानित गर्ने गरी सामग्री राखेका छन्।

प्रकाशित: ३ वैशाख २०७७ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App