सुर्खेत लगानी वर्ष–२०७३

६ अर्ब लगानी र लाख पर्यटक भित्र्याउने लक्ष्य

मङ्गलबार, २१ असार २०७३, ०९ : ४१ नगेन्द्र उपाध्याय

सुर्खेत- सुर्खेत लगानी वर्ष–२०७३ को अवसर पारेर जिल्लामा ६ अर्बको लगानी र १ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक भएको छ। स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको आयोजनामा हुन लागेको सुर्खेत लगानी वर्षमा १ हजार बिघाको औद्योगिक क्षेत्र शिलान्यासदेखि बहुचर्चित चौकुने सिमेन्ट उद्योग सञ्चालनसम्मका योजना छन्।

‘लगानी वर्ष–२०७३ को आधार :  दिगो आर्थिक समृद्धिको पूर्वाधार’ नाराका साथ सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न निकायसँग सहकार्य गरी २०७३ लाई लगानी वर्षका रुपमा मनाउने योजना बनाएको हो,’ संघका अध्यक्षसमेत रहेका स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चका सहसंयोजक प्रकाश अधिकारीले भने, ‘एक वर्षभित्र न्यूनतम ६ अर्ब लगानीका साथै १ लाख आन्तरिक तथा बाह्य पर्यटकलाई सुर्खेत भिœयाउने हाम्रो लक्ष्य छ।’

लगानी वर्षको सुरुआत असारको अन्तिम साताबाट हु“दैछ। साटाखानीमा हजार बिघाको औद्योगिक क्षेत्र उद्घाटन र पश्चिमको गुठुमा रहेको चौकुने सिमेन्ट उद्योग सञ्चालन गरेर लगानी वर्षको सुरुवात गरिने छ। ६ अर्बमध्ये ४ अर्ब मुक्तिश्री प्रालिले चौकुने सिमेन्ट उद्योगमा लगानी गर्नेछ। ‘बा“की दुई अर्बको लगानी शीत भण्डार, खानी तथा खनिज क्षेत्र, लखरपाटा सिमेन्ट आयोजना, वन क्षेत्र, जडीबुटी, पर्यटन, कृषि तथा पशुपालन उद्यम, उच्च मूल्यका वस्तु, शिक्षा, स्वास्थ्य, उर्जालगायतमा भिœयाइने छ,’ सहसंयोजक अधिकारीले भने, ‘यसका लागि सम्पूर्ण कार्य सुरु भइसकेको छ।’

लगानी वर्षलाई सफल बनाउन मुक्तिश्री प्रालिले आवश्यक उपकरणसहित सोमबारबाट काम सुरु गरेको छ। हजार बिघाको औद्योगिक क्षेत्रका लागि उद्योग मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस भएको छ। मन्त्रिपरिषदबाट निर्णय हुनेबित्तिकै लगानी वर्ष सुरु गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए। लगानी वर्षको अवसरमा चौकुने सिमेन्ट उद्योग, औद्योगिक क्षेत्रको स्थापनाका साथै लखरपाटामा सिमेन्ट उद्योग स्थापनाका लागि उचित वातावरण बनाउने, जडीबुटी संकलन तथा व्यवसाय केन्द्र यसै वर्षदेखि सञ्चालन गर्ने, शीत भण्डार स्थापनाको काम सुरु गर्ने, खेर गएका कर्णालीको जडीबुटीको उच्चतम प्रयोगका लागि जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।

‘उद्योग व्यवसायको स्थापना, जलविद्युत आयोजना निर्माण, सडक निर्माण, खानेपानी योजना्क, शिक्षालय निर्माण, विमानस्थल निर्माण सबै लगानी बढ्ने पक्ष हुन्,’ उनले भने, ‘जिल्लामा भएका लगानीलाई संस्थागत गर्ने, लगानी विस्तारका लागि व्यावसायीको क्षमता विकास गर्ने, लगानीमैत्री वातावरणको विकास गर्ने र थप स्वदेशी वा विदेशी लगानी आकर्षण गर्न लगानी वर्षको परिकल्पना अर्थपूर्ण देखिन्छ।’

सुर्खेत लगानी वर्षका लागि गठन भएको स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चको संयोजक स्थानीय विकास अधिकारी छन्। सरोकारवाला सबै निकाय र संघ–संस्था सदस्य छन्। लगानी वर्ष–२०७३ भित्र जिल्लामा आर्थिक विकासका हिसावले सम्भावना रहेको उच्च मूल्य कृषि, पर्यटन, खानीखनिज,पशुपालन, वनजन्य क्षेत्रलगायत सम्भाव्य क्षेत्रको विस्तृत अध्ययन पूरा गर्ने, लगानीका सम्भावना सम्बन्धमा कम्तीमा ५ वटा (ग्यास प्लान्ट, जडीबुटी प्रशोधन केन्द्र स्थापना, शीत भण्डारण स्थापना, मासु प्रशोधन केन्द्र, चौकुने सिमेन्ट, प्याराग्लाइडिङ) परियोजना सञ्चालन गर्ने लक्ष्य राखिएको संयोजकसमेत रहेका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। उनले सुर्खेत लगानी वर्षलाई सफल बनाउन १ करोड ४३ लाख ६० हजार खर्च हुने अनुमान गरिएको बताए।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad