coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टाइनमा लगेका हौँ : स्थानीय, दुर्व्यवहार गरेर निकालियो : पीडित

काठमाडौं- गर्भवती महिलालाई कीर्तिपुर–१० का गणेशमान महर्जनले डेराबाट निकालिएको विषयमा विवाद उत्पन्न भएको छ। पीडितले आफूलाई पटक—पटक डेरा छाड्न धम्की दिएर दुर्व्यबहार गरी कोठाबाट निकालेको बताएका छन्। स्थानीयले डेराबाट निकालेको नभई क्वारेन्टाइनमा लगेर राखेको दाबी गरेका छन्।

नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेको पीडितले बताउँदै आएका छन्। स्थानीयको दबाबपछि बाहिरबाट आएकाले कोरोना संक्रमण हुन सक्ने आशंका भएको भन्दै घरबाट निस्केर क्वारेन्टाइनमा जान भनेको घरधनी महर्जनले नागरिकसँग स्वीकार गरेका थिए।

बागलुङ जैमिनी नगरपालिकाकी देवी र उनका पति वैकुन्ठ शर्मा गत बुधबार एम्बुलेन्समा जाजरकोटबाट काठमाडौं आएका थिए। उक्त कोठामा बैकुन्ठकी भाई बुहारी बबिता शर्मा बस्दै आएकी छिन्।

घरभित्र नै सेल्फ क्वारेन्टाइनमा बसेका शर्माको परिवारलाई घरबाट निस्किन घरबेटीले पटक—पटक टेलिफोनबाट दबाब दिएको पीडित बताउँछन्। देवीको कोरोनाको र्यापिड टेष्ट जर्दा नेगेटिभ रिपोर्ट आए पछि पनि घरबाट निकालेको बताएका छन्।

यो घटनाको विषयलाई लिएर कीर्तिपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष अमन महर्जनले घरबाट निकालेको नभई दुवै पक्षको सहमतिमा क्वारेन्टाइनमा लगेको बताएका छन्। शर्मा दम्पत्ति आएको दिन स्थानीयले बिरोध जनाएपछि स्वयं वडाध्यक्ष महर्जनले घरभित्र राखेर सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै घरको गेटमा ताला लगाएका थिए। उनीहरु पाँच दिन कोठा मै बसेपछि निकालिएको हो।  गर्भवतीलाई घरबाट निकालेको नभई क्वारेन्टाइनमा राखिएको महर्जनले प्रकाशित विज्ञप्तिमा उल्लेख छ। स्थानीयको आक्रोस नियन्त्रण बाहिर जाने अवस्था देखिएकाले शर्मा परिवारसँग छलफल गरी सुरक्षा निकायको समन्वयमा कीर्तिपुर नगरपालिकाको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष महर्जनले प्रकाशित विज्ञप्तिमा उल्लेख छ। वडाध्यक्ष महर्जनले बुधबार नागरिकले फोन गर्दा यो विषयमा नबोल्ने बताए। ‘उहाँलाई क्वारेन्टाइनमा राखेका छौं। अरु विषयमा म बोल्दिन,’ उनले नागरिकसँग भने।

पीडित शर्माले भने आफूहरुलाई जबरजस्ती निकालेर क्वारेन्टाइनमा ल्याइए पनि सुत्केरीका लागि आवश्यक सुविधासमेत नभएको बताएका छन्। क्वारेन्टाइनमा आए पनि आफैले ग्याससमेत किनेर ल्याएको बताए। ‘कोरोना टेष्ट गर्दा नेगेटिभ देखिएपछि पनि घरबाट निकालियो,’ वैकुन्ठले भने, ‘गर्भवतीलाई केही भए जिम्मेवारी कसले लिन्छ ? घटनाको बारेमा मिडियामा बोलेको भन्दै स्थानीयले पटक—पटक धम्की दिएको पीडितले बताए।

 

                                                                 

प्रकाशित: ३ वैशाख २०७७ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App