coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

को हुन् यम बुद्ध ?

काठमाडौं- यम बुद्ध अहिलेको समयका चलेका र्‍यापर थिए। स्कुलदेखि नै उनलाई र्‍यापमा लगाव थियो। कविता लेख्थे। एंगो इङ्लिस स्कुल पढेका यमले १० कक्षा पुग्दासम्म त नेपाली–अंग्रेजी र्‍याप लेख्न सुरु गरिसकेका थिए। १० कक्षा पढ्दा लेखेको पहिलो र्‍यापमा कक्षाका सबै पिरियडबारे व्याख्या गरिएको थिए। कलेज पढ्दा र्‍यापप्रतिको लगाव देखेर उनकी आमाले १२ कक्षा सकेपछि एल्बम निकाल्ने वाचा गरिन्। ०७० मंसिर, १५ मा नागरिक न्युजमा प्रकाशित एक सामाग्रीमा उनले भनेका छन्, 'आमाको कुराबाट हौसिएका रेकर्डिङका लागि स्टुडियो पुगें। तर म ढुक्क हुन सकिन। आफु योग्य नभएको महसुश गरेर ब्याक भए।' अहिले उनका साथी, आमा, पागलपन, यो प्रशंग...लगायत गीतहरु चर्चित छन्।

मोरङ स्थायी घर भएका यम बुद्ध नेपालमा मैतिदेवीमा बस्थे। दुई महिना अघि कन्सर्टको लागि नेपाल आएका उनी श्रीमति सहित लण्डनमा बस्दै आएका थिए।

त्यतिखेर उनी विश्वचर्चित र्‍यापरसँग परिचित भइसकेका थिए। उनले टु पाक, एमिनेम, रन डिएमसी, इजी ई, ओल्ड स्कुल र्‍यापर, विटलस्, इमोर्टल टेक्निक, जे टमाइन, भिन्नी पाज, आर्मी अफ द फारोज, राकिमजस्ता चर्चित र्‍यापरका गीत सुन्थे । र एक दिन यस्तै बन्छु भन्ने कल्पना गर्थे।

त्यत्ति नै बेला उनी बाइक एक्सिडेन्टमा परे। एक्सिडेन्टको पीडा एकातिर छँदै थियो। तर दुई वर्षको बेड रेस्टलाई उनी उपलब्धिमूलक बनाउन चाहन्थे। त्यही बेला उनले धेरै र्‍याप सुने। प्राक्टिस गरे। र्‍याप ब्याटलप्रति लगाव झनै बढ्दै गयो। मैतिदेवीका एक गायकले उनलाई प्रस्ताव गरे– र्‍याप गीत लेखिदिने हो? उनी घोस्ट राइटर बने।

त्यसपछि बेलायत गएका उनी डेढ वर्ष फर्किएनन्। उनले लेखेको गीत त चर्चित भइसकेछ– उतै छँदा थाहा पाए। अरूले नै गाएको उनको गीत बजारमा राम्रैसँग चल्यो। ती गायकले नाम पनि कमाए। २०११ मा बेलायतबाट फर्केपछि उनी पूर्णरूपमा म्युजिकतिर लागे।

नेपाल आएर उनले २१ गीत समेटेर एउटा एल्बम निकाले। उनले सबै गीत निःशुल्क बाँडे। २००७ मा उनले ब्याटल र्‍याप प्रतियोगितामा भाग लिएका थिए। प्रतिस्पर्धामा उनी उत्कृष्ट भए भए। नेपालमा उनकै नेतृत्वमा पहिलो पटक र्‍याप व्याटल सुरु भएको थियो। र्‍यापलाई व्यवसायिक बनाउने श्रेय यम बुद्धलाई नै जाने गर्दा र्‍याप गायक लाहुरे बताउँछन्।

 

प्रकाशित: २ माघ २०७३ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App