आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली, प्रथम हुनेलाई पाँच लाख

आइतबार, ०२ माघ २०७३, १३ : ५७ नागरिक

पोखरा—सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ। 

उत्कृष्ट खेलाडीलाई नेपाल जनरल मार्केटिङ प्रालिद्वारा प्रायोजित एक थान ड्यास हिरो स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का र एलजी टेलिभिजन प्रदान गरिने क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताए। 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकाको अना युएसए फुटबल टिम, बङ्गलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिनेछन्। 

त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, रमपम झापा ११, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब छन्। 

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख एक हजार एक र उपविजेताले रु दुई लाख ५१ हजार एकसहित सिल्ड, पदक र प्रमाणपत्र पाउने क्लबका महासचिव केशवराज बरालले जानकारी दिए। 

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नेपाल जनरल मार्केटिङ प्रालिद्वारा प्रायोजित एक थान ड्यास हिरो स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का र एलजी टेलिभिजन प्रदान गरिने क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताए। 

यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ। प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रु एक लाख बराबरको रारा तथा अन्य विभिन्न चाउचाउ पनि टिकटका दर्शकलाई वितरण गरिने कार्यक्रम छ। 

हङकङ निवासी समाजसेवी देव गुरुङले क्लबलाई रु ५१ हजार एक सय ११ सहारा क्लबलाई सहयोग गरेका छन्। ‘रेडियो अन्नपूर्ण’का कार्यकारी प्रमुख दीपेन्द्र श्रेष्ठले आज उक्त रकम बराबरको चेक क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरेका छन्। रासस 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad