coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

एनअारएनले मतदान अधिकार पाउँछन् : परराष्ट्रमन्त्री

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. महत

न्यूयोर्क— परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले प्रवासमा रहका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। विदेशमा हुनेलाई तत्काल यस्तो अधिकार दिन प्राविधिक समस्या रहेकोमा त्यसलाई समाधान गर्न पहल भइरहेको उनले बताए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएन अमेरिकाको शनिवार भएको पाँचौं बार्षिक साधारणसभाको उद्‌घाटन समारोहमा प्रमुख अतिथिका हैसियतले बोल्दै डा.महतले भने, ‘पिआर र ग्रिनकार्ड हुने नेपाली नेपाली नागरिक नै भएकाले निर्वाचनमा मतदान गर्न पाउनु पर्छ।’

‘हरेक व्यक्तिको फरक विचार, वर्ग र क्षेत्रको प्रतिनिधित्व गरेर प्रवासमा रहे पनि आखिर हाम्रो मुख्य दायित्व समृद्ध नेपाल निर्माण नै भएकोले एनआरएनको महान अभियानमा सहभागी हुन आह्वान गर्दछु’, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले भने।

छोटो समयमा निकै ठूलो आकारमा बढेको एनआरएनए संस्थाप्रति नेपाली जनताको पनि आशा बढ्दै गएकाले राष्ट्र निर्माणमा प्रतिबद्ध भएर सहयोग गर्न नेपाली समुदायलाई आग्रह गरे।

भारत र चीनबीच फरक भौगोलिक सीमा भएकोले महत्वका हिसावले दुवै देशको उत्तिकै फरक खाले महत्व रहेको बताउँदै परराष्ट्रमन्त्री डा. महतले भने, ‘दुवै देशलाई आवश्यकताका आधारमा समदुरीको कुटनीतिक व्यवहार गर्नुपर्छ।’

कार्यक्रममा अमेरिकास्थित नेपाली राजदुत डा.अर्जुन कार्कीले अमेरिकामा रहेको नेपालीहरुको सख्या बढेसँगै चुनौतिहरु पनि बढेकोले एनआरएनले समुदायको हितमाकामगर्नुपर्नेमाजोड दिए ।

सम्वृद्धि मातृभूमिका लागि एक जुट हुन आह्वान

एनअारएनए उपाध्यक्ष कुमार पन्त (बायाँ पहिलो लहर) सहित एनअारएन अगुवाहरु

कार्यक्रमका विशिष्ठ अतिथि गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले प्रवासमा रहने नेपाली जो सुकै व्यक्ति संसारको जुन देशमा भए पनि समृद्ध मातृभुमिका लागि एक जुट हुनुपर्नेमा जोड दिए । ‘हरेक व्यक्तिको फरक विचार, वर्ग र क्षेत्रको प्रतिनिधित्व गरेर प्रवासमा रहे पनि आखिर हाम्रो मुख्य दायित्व समृद्ध नेपाल निर्माण नै भएकोले एनआरएनको महान अभियानमा सहभागी हुन आह्वान गर्दछु’, उनले भने।

कार्यक्रममा न्यूयोर्कस्थित नेपाली बाणिज्यदूत कृशु क्षेत्रीले युरोप, अमेरिका, अष्ट्रेलियामा रहेका एनआरएन र खाडी, मलेसियामा रहेका एनआरएनबीच रहेर एजेण्डा तय गर्नुपर्ने अवस्था रहेकोमा जोड दिए।

पाँचौ वार्षिक साधारणसभाका सभापति डा.केशव पौडेलले गैरआवासीय नेपाली संघ एक अभियान नै भएकोले यसले मुलुकको समृद्धिका लागि काम गर्ने अभियान सफल भएरै छाड्ने बताउँदै संस्थाले यस कार्यकालमा धेरै सफलताप्राप्त गरेको दावी गरे।

प्रमुखअतिथिा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका थिए। कार्यक्रमम ाइनिस शहरकी मेयर एन्जिलिन जुनिमेन, नेपालीकांग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ, गैरआवासिय नेपाली संघका अमेरिका क्षेत्रका संयोजक पासाड लामा, एनआरएनका डीआरसी एसी शेर्पा, संघका पुर्व अध्यक्ष खगेन्द्र जिसी, जनसम्पर्क समिति अमेरिका सभापतिआनन्द बिष्ट, कृष्ण लामिछाने लगायत वक्ताहरुले सम्बोधन गरेका थिए। साधारण सभाका संयोजक आरसी पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

साधारण सभामाएनआरएनका १७ वटै च्याप्टरका प्रतिनिधि लगायत अमेरिका, यूरोप तथा क्यानाडाबाट नेपालीको उपस्थिति थियो। नेपाली संस्कृति झल्कने नृत्यहरुका साथ सुरु भएको कार्यक्रममा एनआरएनए पदाधिकारी सहित विभिन्न संघ संस्थाका प्रतिनिधि, अमेरिकाबासी नेपाली र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो।

साधारण सभामा संघको बिधान, नेपालमा जारी भुकम्पपीडित सहयोग पारियोजना र संघको भवननिर्माणका लागि सहयोग, स्थानीय च्याप्टरका बिषय, संगठन विस्तारका लागि अत्यधिक नेपालीलाई सदस्यताका लागि पहल गर्ने, विधान संशोधनको विषय, अमेरिकाको न्यूजर्सीमा सम्पन्न क्षेत्रिय सम्मेलनमा उठेको एनआरएनभिजन २०२० को कार्यन्वयन गर्ने विषयमाथि छलफल भएको छ।

आगामी नयाँ नेतृत्व छान्ने अधिवेसनको आधार तय गर्न पनि यो साधारण सभाले महत्व राख्ने छ। जसका लागि यतिखेर अमेरिकामा उम्मेदवारी दिने क्रम शुरु भएको छ। अमेरिकामा सदस्यता वृद्धि भएकोले विधान परिवर्तन गर्नुपर्ने आवाज उठेको छ।

गैरआवासिय नेपाली संघको एनसिसिहरुमा सबै भन्दा ठुलो अमेरिकामा १० हजार ७ सय साधारण सदस्यहरु रहेका छन्। अमेरिकामा रहेका नेपालीको संख्याका हिसावले यो पनि कम सदस्य हुन्। अमेरिकामा करिब २ लाख ८० हजार नेपाली रहेको एनआरएनएको दावी छ। आगामी वर्ष हुने केन्द्रिय नेतृत्वको चुनावी छायाँ पनि साधारण सभामा देखिएको छ।

कार्यक्रमका केही तस्विरहरु

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. महत
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. महत
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App