coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हाट बजार हटाउन खोज्दा झडप, सात राउन्ड हवाई फायर

लहान- लकडाउन उल्लंघन नियन्त्रण गर्ने क्रममा सिरहा नगरपालिका १७ पटेर्वामा प्रहरी र स्थानीबीच झडप भएको छ। झडपको क्रममा स्थानीयको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहाका  डिएसपी विनोद शर्मा र प्रहरी जवान विनोद श्रेष्ठ घाइते भएका छन्।

पटेर्वामा लकडाउन उलंघन गरी लगाएको हाटबजारमा जम्मा भएको भिड हटाउन खोज्दा डिएसपी शर्मा नेतृत्वको टोलीमाथि ढुँगामुढा प्रहार भएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले बताए। अवस्था नियन्त्रण बाहिर जान नदिने प्रहरीले सात राउण्ड हवाई फायर गरेको छ।

नेपाली प्रहरीको थप टोली र सशसत्र प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ। अहिले अवस्था समान्य हुँदै गएको प्रजिअ गुरागाइँले बताए। पटेर्वा सीमावर्ती नेपाली गाउँ हो।

 

प्रकाशित: १ वैशाख २०७७ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App