coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रात्रीबस दुर्घटनामा दुईको मृत्यु, १८ घाइते

पाल्पा–बुटवलबाट पाल्पाको रामपुरतर्फ जा“दै गरेको ना ४ ख ९२१८ नम्बरको रात्री बस पाल्पा सिलुवा–४ बैछापमा दुर्घटना हु“दा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

शनिबार मध्यरातमा भएको दुर्घटनामा परि रामपुर नगरपालीका–८ का ३८ बर्षीय लालसिंह थापा र ठेगाना नखुलेका यमबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुबैजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
बस सडकबाट झण्डै एकसय मिटर तल खसेको छ । बसका ड्राइभर तथा सहयोगी समेत घाईते छन् ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित: २ माघ २०७३ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App