गोरु जुधाएर मनाइयो माघेसंक्रान्ती (फोटो फिचर)

शनिबार, ०१ माघ २०७३, १६ : ४३ शंकर श्रेष्ठ

वेत्रावती (रसुवा)– नेपालमा माघे संक्रान्तिको दिन नुवाकोटमा गोरु जुधाइन्छ। साँढे जुधाउने खेल त स्पेनको राष्ट्रिय खेल नै हो। तर रसुवा, नुवोकाट र धादिङमा माघेसंक्रान्तीको दिन गोरु जुधाउने परम्परा छ । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासंग ऐतिहासिक महत्व पनि जोडिएको छ । माधेसंक्रान्तीको उत्सव अन्तरगत एउटा परम्परागत परम्परा हो गोरु जुधाउने । गाउँलेहरुले आ आफ्ना गोरुलाई एक आपसमा जुधाउँछन् । गोरु जुधाइमा बिजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन् ।

माघे संक्रान्तिीको अवसरमा आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइएको छ । रसुवाको बेत्रावतीमा १० हल र नुवाकोटको तारुका– ५ चन्दनी स्थित कटहरबोटमा १८ हल गोरु बीच भिडन्त गराइएको हो ।  

ऐतिहासिक प्रमाण नभेटिए पनि यहाँको गोरु जुधाई परम्परा सय वर्षभन्दा पूरानो मानिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ संग जोडिएको छ । रसुवाको बेत्रावती नेपाल र तिब्बतबिचको भोट युद्धको सन्धि भएको स्थलमा यसरी मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकारहरु बताउँछन् ।

नुवाकोटका स्थानीयका अनुसार बझांगी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्बदन्ति छ ।  

हेर्नुहाेस् तस्बिरहरूः

























यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad