coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाँचथर जिप दुर्घटनामा एकको मृत्यु, सात गम्भिर घाईते (अपडेट)

पाँचथर- चिसोसँगै परेको सितमा चिप्लिए मेची राजमार्गमा सवारी दुर्घटना हुँदा गम्भिर घाईते आठ जना मध्ये एक जनाको मृत्यु भएको छ। ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको  जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाईते भएका भएका थिए।

घाईते मध्येकी ताप्लेजुङ लिवाङ–८ कि पचास बर्षिय नैनकला कार्कीको मृत्यु भएको हो । पाँचथर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापाको विर्तामोडमा थप उपचारका लागि लैजाने क्रममा कार्कीको मृत्यु भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि नकुल पोखरेलले जानकारी दिए।

शनिवार दिउसो फिदिमको लालीखर्कमा सडकबाट चिप्लिएर खसेको थियो। ताप्लेजुङवाट विहान छुटेको मे १ ज २५४६ नम्बर जिप बाटोवाट झर्दा घाईतेभएका अधिंकाशको अवस्था गम्भिर छ । चालक सहित आठ जना घाईते भएका थिए । चालक तथा कार्कीको अवस्था गम्भिर थियो । कार्किलाई पाँचथर अस्पताले थप उपचारका लागि तत्काल रिफर गरेको थियो । दुर्घटनामा परि चालक ताप्लेजुङ नाङखोल्याङका देवान दोर्जे तामाङ, याङनाम–१ का रुद्र लोवा, लेलेप ताप्लेजुङका रोसन लिम्बु, सोल्मा तेह्रथुमका सरोज खनाल, डागिहाट मोरङ चुवन खडका, पोष्ट वहादुर खड्का र जिवन खड्का घाईते भएका हुन । घाईते खडकाहरु दाजुभाई भएको खुलेको छ । बाटो देखि मुनि भिर भएकाले गाडी निक्कै तल झरेको थियो ।  घाईतेहरुलाई प्रारम्भिक उपचार गरी सुविधा सम्पन्न अस्पतालमा रिफर गरीएको थियो । झापाको विर्तामोडमा घाईतेहरुको उपचार भईरहेको प्रहरी जनाएको छ । लड्दै गाडी झरेकाले घाईतेहरु उछिटिएर जंगलका विभिन्न ठाँउमा भेटिएका थिए । अफठ्यारो भिरमा घाईतेहरु फरक फरक स्थानमा अल्झिएपछि उद्वारका लागि समेत समस्या भएको थियो । जिप कच्याकुचुक भएर रुखमा अडिएको थियो । जिप अडिएको स्थानमा कार्कीमात्र घाईते अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १ माघ २०७३ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App