८ वैशाख २०८१ शनिबार
समाज

रौतहटको समनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

रौतहट– रौतहटको समनपुर गाविसस्थित वागमती नदीमा वालुवा लिन जाँदै गरेको टयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

लु.२ त. ८६६३ नम्बरको ट्रेक्टर लिएर गाउँ नजिकैको वागमती नदीमा वालुवा झिक्न जाँदै गरेको अवस्थामा नदीका लागि बनाएको तटबन्ध नजिक एक्कासी पल्टिएर दुर्घटना हुँदा समनपुर गाविस–५ निवासी ट्रयाक्टर चालक २० वर्षीय रिजवान मिया चुडिहारको चेपिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव जिल्ला अस्पताल गौरमा पोस्टमार्टम पश्चात अन्तिम संस्कारको लागि परिवारको जिम्मा लागउने र घटनाबारे आवशयक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताएका छन्।

प्रकाशित: १ माघ २०७३ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App