coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नमुना मुसहर बस्तीकाे जग हाल्न शुरू

बर्दिबास– हास्यकलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले देश बनाउन हिडेका धुर्मुस र सुन्तलीलाई देश विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन महजोडीले सबैमा अपिल गरेका छन् ।

रकेटको गतिमा काम भइरेको भन्दै मदनकृष्ण श्रेष्ठले भने, ‘पौष २५ गते शिलान्यास  गरेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण काम पाँच दिनबीच  निर्माणको काम निकै अघि बढेछ । काम कसरी अघि बढ्छ भन्ने दृष्टान्त बनेको छ ।’ धुर्मुस र सुन्तलीले दर्शक मात्र नहँसाएर अहिले विकासको काम गरेर देशैलाई हसाइरहेको उनले बताए । ५० वटा बन्ने भनेकोमा घर मध्ये २० वटा घरको जग हालेर दण्डी ठडिएको देख्दा हरिबंश अच्मित ! हुदैं मदनकृष्णको कुरामा भने,‘ जांगरिला हातको कमाल देखियो। धुर्मुस—सुन्तली बस्ती बनाउनुको साथै सबै नेपालीको मन जोड्न तराई झरेका हुन् । ’  

काम सुरु भएको १०० दिनमै घर हस्तान्तरण गरिने घोषणा गरिएको छ । यति थोरै अवधीमा ५० वटा घर हस्तान्तरण हुन सक्ला...? भन्ने संचारकर्मीहरुको प्रश्नमा मदनकृष्ण ले भने,‘यहाँको काम गराइले तोकिएको अवधीमै घर हस्तान्तरण हुन्छ । हुनु पर्छ । हेर्नुस् त काम गर्दा हुने रहेछ नी । ढिला सुस्तीले देश विकास हुन सकेको छैन । शिलान्यास गर्न आउँदा फिल्ड सम्म थियो । पाँच दिनमा आउँदा त २० वटा घरको जग खनेर १० वटा घरको त  पिलरै हाल्ने क्रम जारी छ ।’

दैनिक झन्डै २ सय कामदार खटेर जाडो मौसममा बस्ती खटेर निर्माणको काम गरिरहेका छन्। ६५ जना गाउँले श्रमदान गरिरहेका छन् । काम गर्दै गरेका महिला दिदीबहिनीहरुले निर्माण स्थलमा महजोडि जाँदा नमस्कार गर्दा महजोडि खुशि भए ।

हरिबंशले दिदी बहिनीहरुसँहात मिलाउँदै भने,‘ मन सोझिएको छ, काम सोझिएको छ । आउने बैशाख १ गते नयाँ बर्षमा यहांहरु(मुसहरहरु) नयां घरमा सर्छन् । ’ बोल्न लाजाउने मुसहरहरु  नमस्कार गर्न सिकेको पाएको भन्दै परिवर्तन सम्भव रहेको भन्दै उनले बस्ती निर्माण सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिए ।

कलाकारिता क्षेत्रका हस्तीहरु बिकास निर्माण र समाजसेवाका क्षेत्रमा पसेर देश निर्माणको काममा जुटेका छन् । अब देश निर्माण गर्छौं भन्नेले के गर्लान्..? भन्ने प्रश्न चौतर्फी उठिरेको छ । यस प्रश्नको उत्तरमा मदनले भने, ‘चिन्ता गर्नु पर्दैन देश निर्माण गर्छौ  भन्नेहरुले..। धुर्मुस–सुन्तली काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चाैर सकेर बर्दिवास मुसहर बस्ती आएका छन्। यो सकेर कहीं जालान् । बांकी सिंगै नेपाल देश बनाउंछौं भन्नेका लागि खुला छ । बनाउंछौ भन्नु..अनि बनाउन लाग्नु । भई हाल्यो नि †’ नेपाली जनताले देश विकास, समृद्धि र शान्ति खोजि रहेका छन् । देशलाई सुन्दर बनाउन धेरै काम गर्न बाँकी छ ।मदनको कुुरामा हरिबंशले थपे,‘देशमा काम गर्नु पर्ने क्षेत्र बिशाल छ । बनाउंछौ भन्ने मित्रहरुले संकल्प गरेर अघि बढे हुन्छ । सम्झिए हामी पनि सकेको सहयोग गर्न पुग्छौं ।’

धुर्मुस र सुन्तलीसहितको जांगरिलो नयाँ पुस्ता हास्य व्यंगमा मात्र धाराबाहिक श्रृङख्ला नपस्केर विकास निर्माणको धाराबाहिक श्रृङख्ला जनता सामु पस्किरहेको भन्दै मह जोडिका मदनकृष्ण श्रेष्ठले खुशी व्यक्त गरे । उनले भने,‘ नायाँ पुस्ता नयाँ काममा छ । के तपांईहरुलाई शंका छ..? हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे (दर्शक) हंसाउनेमात्र हैन, देश हँसाउने पात्र छन् । धुर्मुस र सुन्तलीको अभियानको सिको नेताहरुले नगरे नेताहरुको भोट गुम्छ । त्यसैले धुर्मुस र सुन्तलीले गरिरहेका काम नेताहरुको लागि चुनौति सावित भएको छ।’

प्रकाशित: १ माघ २०७३ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App