coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाँचथरमा जिप दुर्घटना, आठ गम्भीर घाइते

पाँचथर–ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको  जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। मेचीराजमार्ग अन्तर्गत फिदिमको लालिखर्कमा सडक देखि जिप खसेको हो।

ताप्लेजुङवाट विहान छुटेको मे १ ज २५४६ नम्बर जिप बाटोवाट झर्दा घाइते भएका अधिंकाशको अवस्था गम्भीर छ। दुर्घटनामा परी चालक ताप्लेजुङ नाङखोल्याङका देवान दोर्जे तामाङ, ताप्लेजुङकै ५० वर्षीया नैना कार्कीको अवस्था गम्भिर छ । दुर्घटनामा पाँचथरको याङनाम–१ का रुद्र लोवा, लेलेप ताप्लेजुङका रोसन लिम्बु, सोल्मा तेह्रथुमका सरोज खनाल, ढागिहाट मोरङ चुवन खडका, प्रेमबहादुर खड्का र जीवन खड्का घाइते भएका हुन्। घाइते खडकाहरु दाजुभाई भएको खुलेको छ ।

सितमा चिल्पिएर सडकबाट जिप खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । सडकदेखि धेरै तल जिप झरेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोखरेलले जानकारी दिए । घाइतेहरु गाडीवाट उछिटिएको अस्वस्थामा जंगलका विभिन्न ठाँउमा भेटिएका थिए । घाइतेको पाँचथर अस्पतालमा प्रारम्भिक उपचार गरीएको छ। घाइते मध्ये हालसम्म ६ जनलाई थप उपचारका लागि रिफर गरिएको छ।

प्रकाशित: १ माघ २०७३ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App