८ वैशाख २०८१ शनिबार
कला

मिसेस एसिया इन्टरनेशनल–२०१७मा सहभागी हुन नेपालबाट परिकल्पना जाने

काठमाडौं–मलेसियाको क्वालालाम्पुरमा हुने मिसेस एसिया इन्टरनेशनल–२०१७ को प्रतियोगितामा नेपालबाट परिकल्पना राई सहभागी हुने भएकी छन्।

यही जुनदेखि जुलाईसम्म लगातार एक महिनाभन्दा लामो समय चल्ने प्रतियोगितामा नेपालसहित ३५ वटा देशको  सहभागिता रहने उक्त प्रतियोगितामा सहभागी हुन परिकल्पना राईलाई पठाउन लागिएको मिसेस एसिया इन्टरनेशनलका एसोसियट इभेन्ट म्यानेजर तथा रिबन इन्टरटेन्मेन्ट नेपालका प्रमुख निशुकान्त झाले बताए।

मिसेस नेपाल इन्टरनेशनल २०१५ को सेकेन्ड रनर्सअपका साथ मस्ट क्रियटिभ र भिओर्स च्वाइस समेत रहेकी राईलाई नै उक्त प्रतियोगितामा पठाउने निर्णय  भएको हो । ‘उनी धेरै तेजस्वी, ऊर्जावान, क्षमतावान र प्रतिभाशाली रहेका कारण पठाउन खोजिएको हो,’ प्रमुख झाले भने, ‘उनी त्यो उपाधि चुम्नकालागि उपयुक्त पात्र हुन्।’
प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको झाले जानकारी दिए।
 

प्रकाशित: १ माघ २०७३ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App