coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हराउँदैछ माघीको रौनक

बाँके, बैजापुर–६ खैरहनी गाउँमा माघी पर्वको नृत्य गर्दै थारु महिला ।

बाँके (बैजापुर)–गाउँमा माघीको चहल–पहल नदेखिँदा ८५ वर्षका बृद्ध बुझाउन थारु चिन्तामा छन्। थारु समूदायको ८० प्रतिशत भन्दा बढी जनसंख्या रहेको बाँकेको राप्तीपारि बैजापुरमा अघिल्लो दिन सम्मपनि माघीको रौनकता खासै देखिएन। थारु गाउँमा देखिएको यस्तो दृश्यले बृद्ध बुझाउनले गरिरहेको चिन्तालाई पुष्टि गर्दथ्यो।
थारु जातिको महानपर्व माघीलाई पछिल्ला पुस्ताले बिर्सिँदै जादाँ रौनकता पनि हराउँदै गएको उनको बुझाई छ। ‘अब त पुरानो रिती हरायो, नयाँ रिती आयो,’ बैजापुर–६ खैरहनी गाउँका बृद्ध बुझाउन भन्छन्, ‘अहिले त माघीलाई रित पूर्वक मनाउन छाडिसके।’ उनको जवानीमा माघी आउनुभन्दा एक हप्ता अघि नै गाउँमा मादल गुञ्जिन्थ्यो। तर आफ्नै पालामा माघीको रौनकता हराउँदा मन बुझाउन बाध्य छन्। गाउँमा अहिले त्यो अवस्था छैन । गाउँका पुरुष प्रायः रोजगारीका लागि बाहिर गएका छन्। महिलाहरु जम्मा भएर सामान्य रुपमा मनोरञ्जन मात्रै गर्ने गरेका छन् ।

थारु अगुवाका बिचारमा नाचगान गर्ने र माघीका दिन नजिकैको खोला र तालमा गएर नुहाउने चलनलाई अहिलेको पुस्ताले बिर्सदै गएको छ । ‘अब त माघीको नाँचगान त्यति हुदैन,’ बृद्ध बुझाउनले थपे, ‘पहिला त नदी र खोलामा नुहाएर टिका लगाएपछि सबैलाई नमस्कार गरेर खाना खाने चलन थियो, अब त त्यस्तो गर्दैनन, पुरानो चलन हरायो।’
माघको रौनकता पहिलेको भन्दा अहिले हराउँदै गएको कुरामा बेलपति थारु पनि सहमत छन्।

उनी पहिले गाउँमा हुने थारु नाँचगानमा प्रायः सहभागी हुन्थिन् र मादल बजाउँथिन्। तर, अहिले  नाचगान गर्ने चलन धेरै कम भइसकेको बेलपतीको बुझाइ छ । उनी भन्छिन्, ‘पहिला त हामीहरु बेस्सरी नाच्थिम्, पुरुषहरु छुट्टै टोली बनाएर नाच्थ्ये, हामीहरु पनि छुट्टै नाँच्थिम्, अहिले त त्यस्तो हुन छाडिसक्यो,’ उनले सुनाइन्। आफ्नो परम्परागत सँस्कृति हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरिन् । पछिल्लो समयमा विकसित प्रविधि (मोबाइल, इन्टरनेट) लगायतले गर्दा पनि थारु समूदायका नयाँ पुस्ताहरु नाचगानमा त्यति रुची राख्दैनन्। नयाँ पुस्ताले स्थानीय नृत्यलाई चासो दिन छाडिसकेको थारु अगुवा बताउँछन्।

बैजापुर–६ खैरहनी निवासी लक्ष्मी चौधरी पनि पछिल्लो समयमा स्वतःस्फुर्त रुपमा माघीको नाचगान हुन छाडिसकेको बताउँछिन्। ‘पहिलाको जस्तो घर–घरमा गएर माघीको नाँच नाच्ने चलन लगभग हटिसकेको छ,’ उनले भनिन्, ‘यस्तै हो भने थारु चाडपर्व, कला र सँस्कृतिबारे भविष्यका पुस्ताले थाहा पाउनै गाह्रो हुन सक्छ ।’ माघीमा हरेक वर्ष नाँचगानमा सहभागी हुने लक्ष्मी पहिलेको भन्दा धेरै कम भएको अनुभव सुनाउँछिन्।

बाँकेका थारु समुदायका अगुवा लाहुराम थारु पछिल्लो समयमा माघीको रौनकता हराउनुमा नयाँ प्रविधिको विकाससँगै थारु कला, सँस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो नहुनुलाई दोषी देख्छन् । ‘पुरानो पुस्ताले मात्र कला सँस्कृतिलाई जोगाएर कहिले सम्म चल्ला र ?’ उनले भने, ‘थारु कला र सँस्कृतिलाई जोगाई राख्नको लागी त नयाँ पुस्तालाई यसमा आर्कषित गर्नुप¥यो नि।
 

प्रकाशित: १ माघ २०७३ ०५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App