coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टुँडिखेलमा माघी मनाइँदै

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाउँदै छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना हुन लागेको हो। पर्वमा  थारु संस्कृति, भेषभूषा, बाजागाजा र  परम्परागत थारु नाचगान हेर्न पाइनेछ। साथै, महोत्सवमा घुँगी, केकरा, ढिक्री, लड्डुसँगै विभिन्न मासुका परिकार पाइनेछ।

माघीको अघिल्लो दिन शुक्रबारबाटै टुँडिखेलमा माघी रौनक छाएको छ। पश्चिमका थारु समुदायले मनाउने जिता मरना पर्व शुक्रबार टुँडिखेलमै मनाइयो। त्यसैगरी रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ। थारुको नयाँ वर्षका रूपमा रहेको माघी पर्वमा थारुले सार्वजनिक बिदा माग गरेपछि सरकारले माघेसंक्रान्तिका दिन ०६४ देखि सार्वजनिक बिदा दिँदै आएको छ।

पोषिलो खुराक

माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। यसलाई उनीहरू नयाँ वर्षको रुपमा मनाउँछन्। उनीहरूले मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ। यसलाई माघी भन्छन्। त्यसैगरी उनीहरूले परेवा, सुँगुर, खसीको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायत परिकार खान्छन्। टुँडिखेलमा परम्परागत थारु खान्कीको स्टल राखिने आयोजकले जनाएका छन्।

प्रकाशित: १ माघ २०७३ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App