८ वैशाख २०८१ शनिबार
खेल

शिवरामलाई उपाधि

काठमाडौं- शीर्ष वरियताका व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले अन्तिम दिन शुक्रबार ४ अन्डर ६४ खेल्दै रोयल नेपाल गल्फ क्लबमा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्। करियरको ३२ औं तथा सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको दोस्रो उपाधि जित्नका लागि चार दिनमा कुल ८ अन्डर २ सय ६४ स्कोर गरेका थिए। उनले भुवन नगरकोटीलाई १० स्ट्रोकले पछि पारे। जितसँगै शिवरामले ७५ हजार रुपैयाँ हासिल गरे।

अन्तिम दिन २ ओभर ७० को प्रदर्शन गरेका भुवन २ ओभर २ सय ७४ को स्कोरसहित दोस्रो स्थानमा रहँदै ४६ हजार रुपैयाँको भागिदार बने। जयराम श्रेष्ठ (७४) र संजय लामा (६९) समान २ सय ७६ स्कोरका साथ संयुक्त रुपमा तेस्रो भए।

दुवैले जनही २९ हजार २ सय ५० रुपैयाँ हासिल गरे। पाँचौं भएका रामे मगरले २३ हजार रुपैयाँ पाए भने छैटौं स्थान हासिल गरेका रवि खड्काले २१ हजार रुपैयाँ पाए। चुडाबहादुर भण्डारी, धनबहादुर थापा र दीपक मगर संयुक्त रुपमा सातौं भए। उनीहरुले जनही १७ हजार ३ सय ३३ रुपैयाँ पाए। यसैगरी १० औं भएका सूर्यप्रसाद शर्माको भागमा १० हजार पर्‍यो। एमेच्योरतर्फ सन्तोष रोक्काले उपाधि जिते।

प्रकाशित: १ माघ २०७३ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App