८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जो कोरोना मुक्त भएर घर फर्किए

काठमाडौं- विश्वलाई कोरोना महामारीले हल्लाएको छ। दैनिक मृत्युका खबरले आम मानिसलाई अत्याइरहेको छ। संक्रमण बढिरहँदा मानिसमा एउटा त्रास कायम छ।

तर एउटा सत्य के पनि हो भने, कोरोना लागेर मृत्यु मात्र भएको छैन यो संक्रमणबाट निको भएर घर फर्कनेको संख्या पनि उस्तै छ। यसैले कोरोना संक्रमण हुनु भनेको मृत्यु हो भनेर बुझ्न नहुने चिकित्सकहरु बताउँछन्। अहिलेसम्म ३ लाख ५६ हजार जना कोरोना निको भएर घर फर्केका छन्। नेपालमा पनि पहिलो संक्रमित व्यक्ति कोरोना मुक्त भएर आफ्नो काममा फर्किएका छन् भने अन्य ८ जनाको उपचार भइरहेको छ।

विश्वभर १६ लाख कोरोना संक्रमित हुँदा ९५ हजार जनाको मृत्यु भएको छ। १६ लाख मानिसमा झण्डै ५० हजार जनाको मात्र गम्भिर अवस्था छ।

अहिले अमेरिकामा कोरोनाको संक्रमण बढिरहेको छ। त्यहाँ ४ लाख ६८ हजारमा संक्रमण छ भने १६ हजार जनाको मृत्यु भइरहेको छ। उपचार पछि २५ हजार जना घर फर्केका छन्। स्पेनमा १ लाख ५० हजार केस देखिदा १५ हजार जनाको मृत्यु भएको छ। भने उपचार पछि ५२ हजार जना निको भएका छन्। इटलीमा १ लाख ४३ हजारमा संक्रमण देखिदा १८ हजार जनाको मृत्यु भयो। त्यहाँ पनि उपचार पछि कोरोना निको हुनेको संख्या ठूलो छ। इटलीमा २८ हजार जना संक्रमण मुक्त भएका छन्।

जर्मनीमा १ लाख १८ हजार संक्रमण देखिँदा २६ सय जनाको मृत्यु भएको छ भने ५२ हजार जनाले स्वास्थ्य लाभ गरेका छन्। फ्रान्समा १ लाख १७ हजार संक्रमित छन्। त्यहाँ १२ हजार जनाले ज्यान गुमाएका छन्। २३ हजार जनाले स्वास्थ्य लाभ गरेका छन्।

कोरोना भाइरसको इपिसेन्टर चीनमा भने यो भाइरसका नयाँ केसहरु अन्यन्तै कम देखिएका छन्। चीनको वुहान सहरमा पहिलो पटक देखिएको यो भाइरस नियन्त्रणको लागि चीनले सहरलाई करिव दुई महिना लकडाउन गरेको थियो। चीनमा ८२ हजार जनामा यो संक्रमण देखिएको छ। जसमा ३३ सय मानिसको ज्यान गयो भने ७७ हजार मानिस उपचार पछि संक्रमण मुक्त भए।

प्रकाशित: २८ चैत्र २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App