८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

लकडाउनकै बेला फेरियो उपत्यकाको सडकको मुहार

सिंहदरबार माइतीघर सडकखण्ड लेन मार्किङ गरेर चिटिक्क बनाइएको सडक। फोटो सौजन्य : सडक विभाग

काठमाडौं-  कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ।  अधिकांश सर्वसाधारण घरमै क्वारेन्टाइनमा दिन बिताइरहेका छन्।  अत्यावश्यक बाहेकका सवारीसाधन नचल्दा सर्वसाधारणको दैनिकी निकै प्रभावित भइरहेको छ।  तर,कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) केही सकारात्मक प्रभाव पनि देखिन थालेको छ।  लकडाउनकै कारणले उपत्यकाको वायूप्रदुषण ह्वातै कमी भएको छ।  त्यतिमात्रै होइन्, उपत्यकाको मौसम र चराचुरुगीको आवाजले उपत्यकामा छुटै रौनकता मात्रै थपेको छैन।

सवारीको अत्याधिक चापले भरिभराउ जस्तै हुने सडक अहिले शान्त र आर्कषक  देखिन थालेको छन्।  यस अघि उपत्यकामा अत्याधिक सवारीको चापको कारणले सडक विभागले समयमा नै लेन तथा जेब्राक्रस मर्मतसम्भार गर्न समेत सक्दैन्थ्यो।  मेटिएर मधुरो जेब्राक्रस र लेन चिह्नका कारण पैदलयात्रु मात्र होइन, सवारीचालक समेत झुक्किने गर्थे।  त्यतिमात्रै होइन् ,ट्राफिक चिह्न नहुँदा झुक्किएरै सवारी दुर्घटना समेत हुने गरेको छ।

तर ,अहिले उपत्यकाको सडक खाल्डाखुल्डीरहित मात्रै होइन्, सडक विभागले लकडाउनकै बीचमा पनि स्वास्थ्य सजकता अपनाएर अहिले उपत्यकाका सडक कालोपत्रेदेखि लेन मार्किङ गरेर उपत्यकाका सडक विदेशकै जस्ता आकर्षक र चिटिक्क देखिन थालेका छन्।  सडक विभागका महानिर्देशक केशवकुमार शर्माले लकडाउनकै अवसर छोपेर उपत्यकामा जेब्राक्रस तथा लेन चिन्ह राख्ने काम भइरहेको बताए।  ‘पहिला सवारीसाधनको अत्याधिक चाप भएर बेलुका पनि जेब्राक्रस, लेन चिन्ह् बनाउन धेरै मुस्किल हुन्थ्यो,’ उनले भने, ‘अहिले लकडाउनकै कारणले उपत्यकाका सडक सुनसान जस्तै भएका छन्। त्यसैले यही मौका छोपेर सडक मार्किङका काम गरिरहेका छौं।  उनका अनुसार सडक विभागले मजदूरलाई पर्याप्त सुरक्षा सतर्कता अपनाएर अहिले जेब्राक्रस तथा लेन चिन्ह् निर्माण गर्न खटाएका छौं। ’ विभागले विगतको तुलनामा अहिले एक तिहाई जनशक्ति मात्रै खटाएर लेन मार्किङको काम गरिरहेको छ।  सडक विभागले दिनदिनै सडक मार्किङको काम गर्दै आएको जनायो।  सडक विभागले कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, सहिदगेट, सुन्धारा, एयरपोर्ट लगायतका क्षेत्रमा काम भइरहेको जनायो।

सरकारले उपत्यकाको सडकहरु खाल्डाखुल्डी र धुलोरहित बनाउने योजना अनुसार नै सडक विभाग मातहत पर्ने सडकमा २४ हजार  तीन सय वर्गमिटर अर्थात ९५ सयभन्दा धेरै खाल्डाखुल्डी पुर्ने काम  गरिसकेको छ।  महानिर्देशक शर्माले काठमाडौं उपत्यकामा करिव ४० किलोमिटरभन्दा धेरै लेन सडक ओभर ले गर्ने काम सम्पन्न भइसकेको बताए।  ‘लकडाउन लकडाउन हुदैन्थ्यो भने अहिले उपत्यकाको सबै सडक ओभरले गरेर सकिन्थ्यो,’ उनले भने, ‘लकडाउनको कारणले सडक निर्माण गर्न असहज भएपनि लेन मार्किङका कामलाई भने गति दिएका छौं। ’ सडक विभागले उपत्यकामा अझै २५ किलोमिटर सडक ओभर ले गर्न बाकीँ भएको जनायो।  महानिर्देशक शर्माले सडक विभागले नागढुंगा नौबिसे सडकखण्डमध्ये आठ किलोमिटर लकडाउनकै समयका मर्मतसम्भार गर्ने योजना अगाडी बढाउने तयारी गरेको  बताए।  उनका अनुसार कसरी सुरक्षित ढंगले सडक मर्मतसम्भार गर्ने विषयमा छलफल गरिरहेका छौं।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले सरकारले चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाको सडक मर्मतसम्भारमा पर्याप्त बजेट र नीतिगत समस्या सम्बोधन गरेकाले नै पर्याप्त मात्रामा उपत्यकाको सडक मर्मतसम्भार गर्न सकेको बताए।  ‘हामीले उपत्यकाको सडकको समस्या मिहिन ढंगले अध्ययन गरेर नीतिगत समस्या बजेटको विषयमा सरोकारवाला निकायलाई जानकार  गरायौं,’ उनले भने,‘अघिल्ला वर्षमा सरकारले उपत्यकाको सडक मर्मतसम्भारको लागि ५० करोड जति मात्रै बजेट विनियोजन गथ्यो।  तर, यसपाली भने  उपत्यकाको  सडक मर्मतसम्भारको लागि पौने दुई अर्ब जति बजेट विनियोजन गरेको पनि उपत्यकाको सडक मर्मतसम्भारमा ठूलो उपलब्धी हात पार्न सकेका छौं। ’ प्रवक्ता सापकोटाले उपत्यकाको सडक अस्फास्ट ओभर ले (कालोपत्रे) गर्नको लागि समयमै ठेक्का भएकाले पनि तोकिएको समयभित्रै कालोपत्रे गर्न सफल भएको बताए।  ‘उपत्यकाको सडक खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री, मन्त्री र विभागीय प्रमुखको लगातारको समन्वय र आवश्यक टिमवर्ककै कारणले सम्भव भएको हो,’ उनले भने, ‘एउटाको प्रयासले भन्दा पनि सबैको टिमवर्ककै कारणले सम्भव भएको हो। ’ सडक विभागले चालु आर्थिक वर्षमा उपत्यकाका करिव ६५ किलोमिटर सडक अवाद्यिक रुपमा मर्मतसम्भार गर्ने लक्ष्य अनुसार नै भइरहेको बताए।  चालु आर्थिक वर्षमा सडक विभाग मातहतका आयोजनाका लागि एक खर्ब २४ अर्ब बजेट बिनियोजन भएको मध्ये हालसम्म २८ प्रतिशत बजेट खर्च भइसकेको छ।    

 

 

प्रकाशित: २७ चैत्र २०७६ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App