coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सीमावर्ती क्षेत्रमा प्रहरीका थप १८ युनिट

इटहरी– कोरोना महामारी विस्तार हुन नदिन सुनसरीका सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका गरी १८ वटा युनिट थपिएका छन् । भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढ्दा सबैभन्दा बढी सुनसरीको दक्षिणवर्ती क्षेत्रका बासिन्दा कोरोनाको उच्च जोखिममा छन् । नेपालबाट पनि बेलाबखत भारतमा सामान खरिद गर्न जाने गरेको पाइएको छ ।
सुनसरीमा ६५ किलोमिटर खुला सीमना पर्छ । सीमा जोडिएको स्थानमा सशस्त्र प्रहरीको ३९ युनिट रहेकोमा अहिले १६ वटा र नेपाल प्रहरीका १३ युनिट रहेकोमा दुईवटा थप गरिएको प्रजिअधि राजेश पौडेलले बताए । भारतसँग सीमा जोडिएका गाउँपालिका कोसी, हरिनगर, बर्जु, भोक्राहा नरसिंह र देवानगन्जमा प्रहरी युनिट थपिएका हुन् ।
भारत सरकारले तीन साता लामो लकडाउन गरेकाले त्यहाँ यातायात बन्द छ । तर मजदुरी गर्न गएका नेपाली काम ठप्प भएपछि हिँडेरै नेपालतर्फ आउँदा र भारतीय सुरक्षाकर्मीले रोकटोक नगर्दा सहजै दसगजा क्षेत्रमा आइपुग्ने गरेका छन् । त्यहाँ आइपुगेपछि यतिबेला मकैबारी रहेको र त्यसमा पनि रातिको बेला सहजै नेपाल प्रवेश गर्ने गरेको कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । तर प्रहरीको युनिट बढाएर निगरानी गर्दा नियन्त्रण हुने विश्वास गरिएको छ ।    

 

प्रकाशित: २७ चैत्र २०७६ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App