६ वैशाख २०८१ बिहीबार
राजनीति

अतिवादी सोच राष्ट्रको लागि घातकः मन्त्री लेखक

बारा- भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले केही अतिवादी समूहले गर्दा तराई–मधेस र हिमाल,पहाडबीच दुरी बढेको बताएका छन्।

मानवट–कलैया– मटिअर्वा हुलाकी सडक खण्डको बाराको मटिअर्वामा शिलान्यास कार्यक्रमलाई समम्बोधन गर्दै मन्त्री लेखकले अतिवादी सोचले देशमा बसोबास गर्ने मधेसी र पहाडी समुदायहरुबीच दुरी बढ्न खोजेको उनले बताए।  

अतिवादी सोच भएकाहरुले संविधानमा तराई –मधेसमा बसोवास गर्ने समुदायलाई बढी अधिकार दिन लागिएको भन्दै नराम्रो प्रचार गरेको उनको भनाई छ। यता तराई –मधेसमा रहेका केही अतिवादी सोच भएकाहरुले पनि संविधानमा केही अधिकार नदिएको भन्दै प्रचार गरेकोमा त्यस प्रति सचेत रहन उनले आग्रह गरे।  

‘पहाडमा भुकम्प गएको बेलमा समस्यामा परेका हिमाल र पहाडमा बसोबास गर्ने समुदायलाई तराई–मधेसमा बसोबास गर्ने मधेसी समुदायले सहयोग गरेको थिए,’ मन्त्री लेखकले भने, ‘सविधान जारी भए पछि तराई –मधेसमा बसोबास गर्ने समुदायले अधिकार नपाएको गुनासो गरेका छन् त्यस गुनासोलाई मेटनको लागि संविधान संशोधन गर्न सरकार लागेको छ।’

प्रकाशित: २९ पुस २०७३ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App