७ वैशाख २०८१ शुक्रबार
समाज

ताप्लेजुङबाट पठाइएका तीन जनाकाे परीक्षण रिपोर्ट नेगेटिभ

ताप्लेजुङ- ताप्लेजुङबाट मंगलबार दिउँसो पठाइएको ३ जनाकै स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका कोरोना संक्रमण सम्बन्धी फाँट हेर्ने फोकल पर्सन हेमराज कठायतले स्वाब परीक्षणका लागि पठाइएको ३ जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

उच्च ज्वरोका कारण जिल्ला अस्पतालको आइसोलेसन कक्षमा रहेका १ सहित चैत ४ गते कतार एयरवेजबाट फर्किएका एक युवा र भारतबाट फर्किएकी एक महिला गरी ३ जनाको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले स्वाब परीक्षणको नतिजा नेगेटिभ आउनु सुखद् भएको बताए।  

 

प्रकाशित: २६ चैत्र २०७६ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App