coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मापदण्ड नपुगेपछि पुनः चार जनाको स्वाब धरान पठाइयो

ओखलढुंगा– मापदण्ड नपुगेपछी पुनः स्वाब संकलन गरी परीक्षणका लागि धरान पठाइएको छ। चार जनाको स्वाब परीक्षणका लागि पुनः धरान पठाइएको जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए।

सोमबार चिशंखुगढी गाउँपालिकाका दुई र मोलुङ्ग गाउँपालिकाका दुई जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरान पठाइएको थियो। उनीहरु करिब दुई साताअघि मात्र वैदेशिक रोजगारीबाट घर फर्किएका हुन्। बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्थानका प्राबिधिक टोलीले स्वाबको मापदण्ड नपुगेको बताए पनि बुधबार पुनः पठाइएको हो। धरान स्वाब पठाइएका चार जना जिल्ला स्वास्थ्य कार्यलय रुम्जाटारको आइसोलेसनमा राखिएको तिवारीले जानकरी दिए।

विदेशबाट आएका नागरिकको अनिवार्य स्वाब परीक्षण गर्नुपर्ने भएकाले उनीहरुको पनि स्वाब परीक्षणका लागि पठाइएको हो। यसअघि भारतबाट आएका दुई युवतीको पनि स्वाब परीक्षणका लागि धरान पठाइएकोमा उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको थियो। जिल्लामा हाल विदेशबाट फर्किएका नागरिकहरुको संख्या १ सय ४४ पुगेको छ।

प्रकाशित: २६ चैत्र २०७६ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App