१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनमा बाराका स्थानीय तहद्वारा खाद्यान्न वितरण

खाद्यान्न समाग्री वितरण गर्दै सिम्रौनगढ नगरपालि र महागढीमाई नगरपालिका प्रमुख बिजयशंकर यादव र प्रमुख उपेन्द्रप्रसाद यादव नेतृत्वको टोली।

बारा- कोरोना भाइरसलाई नियन्त्रण गर्न जारी गरिएको लकडाउनको कारण प्रभावित बनेका अति बिपन्न तथा बिपन्न घर धुरी परिवारलाई बाराका स्थानीय तहहरुले चामल, दाल र नुन र खाने तेल बाँडने सुरु गरेको छ।

सरकारले दैनिक ज्यालादारी गरिरहेका मजदुरको लगत राखेर खाद्यान्न दिने निर्णय गरेपछि जिल्लाका १६ स्थानीय तह मध्ये अधिकांशले कार्यपालिकाबाट निर्णय गराएर खाद्यान्न समाग्री वितरण सुरु गरेका हुन्। स्थानीय तहहरुले चामल, दाल, तेल, नुन, आलु जस्ता अत्यावश्यक खाद्यान्न परिवारको संख्या हेरेर दिने सुरु गरेको बताइएको छ।

महागढीमाई नगरपालिकाले बाँड्यो
बाराको महागढीमाई नगरपालिकाले दैनिक ज्यालादारीका मजदुर गरेर जिविकोपार्जन गर्दै आएका अति बिपन्न परिवारलाई लकडाउनको अवधिम चामल, दाल र नुन बाँडेको छ। कोरोना भाइरसलाई नियन्त्रण गर्न उद्देश्यले जारी लकडाउनका कारण मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने घर धुरीलाई  तत्काल प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल र एक किलो नुन सोमबारदेखि बाँडने सुरु गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ।

दुई हप्तादेखि जारी लकडाउनको कारणले नगरपालिका क्षेत्रमा बसोबार गर्ने गरिब, दलित लगाएतका दैनिक ज्यालादारीका मजदुर गरेर जिविकोपार्जन धेरै स्थानीयहरुलाई अहिले हातमुख जोडने समस्य भएकोले खाद्यान्न समग्री वितरण गर्न सुरु गरिएिको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवको बताएका छन्।

स्थानीय सरकरा भएको नाताले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नगर क्षेत्रका स्थानीयहरुलाई  दुई छाक राम्रोसँग खानको व्यवस्था गर्ने दायित्वा नगरपालिकाको भएकोले नगर कार्यपालिकाबाट निर्णय गराएर खाद्यान्न समग्री बाँडन सुरु गरिएको प्रमुख यादवले बताए।

खाद्यान्न समग्री वितरणले ११ वटा वडाहरुमा रहेको लगभग छ हजार घर धुरी परिवालाई राहत पुग्ने दावी नगरप्रमुख यादवले बताए। वाड नम्बर १ बाट खाद्यान्न समग्री वितरण गर्न सुरु गरिएको पनि सबै वडाहरुमा वितरण गर्ने खाद्यान्न तयारी अवस्थामा राखिएको उनले बताए।

दुई हप्तादेखि काम गर्न नगएको अवस्थामा घरमा भएको सबै खाने कुराहरुको सकिएको अवस्थामा नगरपालिकाले वितरण गरेको खाद्यान्य समग्रीले धेरै राहत पुगेको बरियापुरका मगनी महतो बताए।

सिम्रौनगढ नगरपालिकाले पनि बाँड्यो
सिम्रौनगढ नगरपालिकाले पनि सोमबारदेखि खाद्यान्न वितरण सुरु गरेको छ। सिम्रौनगढ नगरपालिकाले पीडित परिवारलाई  २५ किलो चामल, दुई किलो दाल, पाँच किलो आलु, दुई किलो दाल, दुई किलो नुन र एक किलो खाने तेल बाँडन सुरु गरेको बताइएको छ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न उद्देश्यले दुई हप्तादेखि जारी लकडाउनका कारण नगरपालिका क्षेत्रमा बसोबार गर्ने गरिब, दलित लगाएतका धेरै स्थानीयहरु प्रभावित भएपछि पीडितहरुलाई छाक टार्न खाद्यान्न समग्री वितरण गरिएको सिम्रौनगढ नगरपालिका प्रमुख बिजयशंकरा यादवले बताएका छन्।

अहिले दैनिक ज्यालादारी गर्ने र आर्थिक अवस्था कमजोर भएका हजारौ स्थानीयहरु धेरै दिनसम्मको लकडाउनले हातमुख जोर्ने  समस्या भएको र उनीहरुलाई पहिलो प्राथ्मीकता दुई छाक राम्रोसँग खाना पाउने भएकोले नगर कार्यपालिकाबाट निर्णय गराएर खाद्यान्न समग्री दिन सुरु गरिएको प्रमुख यादवले बताए।

११ वटा वडाहरुमा रहेको लगभग सात हजार घर धुरीलाई २५ किलो चामल, दुई किलो दाल, पाँच किलो आलु, दुई किलो आयोडिन नुन र एक लिटर खाने तेलको दरले खाद्यान्न वितरण गरिएको प्रमुख यादवले बताए।
नगरपालिकाले वितरण गरेको खाद्यान्न समग्रीले धेरै राहत पुगेको रामसागरा घाटका कमल मुखिया बिनले बताएका छन् दुई हप्तादेखि काम गर्न नगएको अवस्थामा घरमा पहिलादेखि जम्मा गरिएको खाने कुराहरु सिधिएकोले पाएको खाद्यान्न समग्रीले केही दिन दुई छाक टार्न सजिलो भएको मुखियाले बताए।
 

 

प्रकाशित: २६ चैत्र २०७६ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App