८ वैशाख २०८१ शनिबार
अर्थ

डोल्पाली किसानलाई धानको बीउ राख्ने चटारो

त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटका स्थानीय धानको बीउ राख्दै।

डोल्पा – विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले  लकडाउनको गरेको १६ औं दिन पुगेको छ। देशका मुख्य बजार र सडक लकडाउनका कारण सुनसान छन्। तर हिमाली जिल्ला डोल्पाका ग्रामीण बस्तीका बासिन्दा लकडाउनको समयमा खेतीपातीमा ब्यस्त देखिन्छन्। उनीहरूलाई खेतीपातीको कामले भ्याईनभ्याई छ। त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटका रूपबहादुर खत्री लगायत त्रिपुराकोटका बासिन्दाहरू  खेत खोनजोत गर्दै थिए।

‘बजारमा हिडडुल गर्न दिदैनन् घरमा बसेर पनि सदाको लागि खान पुग्दैन क्यार ।घरको खेतीपातीको काम त गर्नै पर्र्यो। अहिले खेती गर्ने समयमा नगरे पछि के खाएर बस्ने?’ खत्रीले भने।उनी मात्र होइनन् गाउँमा बस्ने अधिकाशं मानिसहरू घर निर्माणको काम र विकास निर्माणका काममा ब्यस्त भइरहेको त्रिपुरासुन्दरी– १ का लवचन्द्र रोकाय बताउँछन। कोरोना संक्रमण रोकथामको लागि सरकारले नागरिकलाई घरवाहिरबाट ननिस्कन, मास्क र साबुनपानीले सफासंग हात धुन जनचेतनामुलक सन्देश सार्बजनिक सुचना मार्फत आव्हन गरिरहेको छ।

अन्य जिल्लाहरूमा कोरोना विरुद्दको लडाईमा जनप्रतिनिधिदेखि नागरिकस्तर सम्म प्रतिबद्दता जनाइरहेका भएपनि डोल्पाका जनप्रतिनिधि भने बेखवर जस्तै बनेको सर्वसाधारणको आरोप छ। जनचेतनाको कमि कोरोना संक्रमणको जोखिम र यसको रोकथामको प्रयासको बारेमा जनचेतनामुलक कार्य नगरिएकाले पनि ग्रामीण क्षेत्रका बासिन्दाले लकडाउन भनेकै बुझ्न नसकेको कारणले समुह बनाएर खेतीपातीको काममा लागिपरेको नेपाल रेडक्रस सोसाइटी नगर संयोजक तुलबहादुर विष्टले बताए। गाउँपालिका र नगरपालिकाले कोरोना संक्रमणको पूर्वसर्तकता अनुरूप सामान्य औषधि सहित हेल्थ डेक्स र क्वारेन्टाइन स्थापना गरिएपनि मापदण्ड विपरितका भएकाले उनीहरूको सक्रियता औपचारिकता निभाउन मात्र भएको स्थानीय मोतीप्रसाद उपाध्यायले आरोप लगाए।

लकडाउनको समयमा पनि जिल्ला बाहिरबाट उद्दारको नाममा मानिसहरुको जिल्ला प्रवेश गर्ने संख्या बढ्दै जानथालेपछि र नेपालमा कोरोना संक्रमित पनि बढ्दै जानथालेपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले लकडाउनलाई थप कडाई गरेको छ। डोल्पा जिल्ला कोभिड–१९ ले पारेको प्रभावबाट उच्च जोखिममा रहेकोले ०७६ चैत २६ गते विहान ६ बजेवाट २०७७ बैशाख ३ गते मध्यरात सम्म घरबाट बाहिर ननिस्कन, सवारी साधन नचलाउन, तोकेकिएका उडान बाहेक सबै उडान बन्द गर्न औषधि पसल, खाद्य अस्पताल बाहेक सबै सेवा बन्द गरिएको बताउँदै उल्लंघन गरेमा कडा कारवाही हुने निषेधाज्ञ जारि गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

 

प्रकाशित: २६ चैत्र २०७६ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App