coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा २ वटा एम्बुलेन्स तयारी अवस्थामा

ताप्लेजुङ- जिल्ला एम्बुलेन्स सञ्चालक समिति बुधबार बसेको बैठकले सम्भावित कोभिड-१९ को ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा सञ्चालित २ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। जिल्ला एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले ताप्लेजुङ जिल्ला अस्पताल र ग्रामीण सेवा मञ्चद्धारा सञ्चालित एम्बुलेन्सलाई कोभिड १९ को ‘डेडिकेटेड’ एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।

त्यसका लागि चालक र बिरामी बस्ने ठाउँमा अस्थायी घेराबारा लगाउनेसहितका कार्य एम्बुलेन्स सञ्चालक संस्थाले आफैं गर्ने भएका छन्। चालकलाई व्यक्तिगत सुरक्षा सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने छ। बैठकले जिल्ला भरमा रहेका सबै एम्बुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी चालक र बिरामी बस्ने ठाउँमा अस्थायी ब्यारिअर निर्माण भए/नभएको नियमनका लागि स्वास्थ्य कार्यालयलाई जिम्मेवारी दिएको छ। निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जिल्लाभरमा ११ वटा संस्था तथा निकायद्धारा सञ्चालित एम्बुलेन्स रहेको र सबैमा अस्थायी ब्यारिअर निर्माण गरी प्रयोगमा ल्याउन लिखित पत्राचार गरिसकिएको जानकारी दिए।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईको पहलमा व्यक्तिगत स्वास्थ्य सुरक्षाका बिभिन्न सामग्री ताप्लेजुङ आउने भएको छ। मन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँईका अनुसार २५ थान नेपाली र ३५ थान चाईनिज पीपीई, ३५ थान बुट, १ सय थान हेयर क्याप, ३५ थान चश्मा, १८ काटन सेनिटाइजर र १ सय पिस रहेको २० काटन मास्कसहितका सामग्री बिहीबार फुङ्लिङ आइपुग्दै छ। गुरागाँईले जिल्ला अस्पताल समेतलाई बिभिन्न स्वास्थ्य सामग्री पठाइएको जानकारी दिए।

 

प्रकाशित: २६ चैत्र २०७६ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App