ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको क्वारेन्टाइनमा रहेका ९ जनालाई होम क्वारेन्टाइनमा बस्ने गरी क्वारेन्टाइनमुक्त गरिएको छ।
क्वारेन्टाइन अवधिमा कुनै स्वास्थ्य समस्या नरहेको भन्दै गाउँपालिकाले होम क्वारेन्टाइनमा बस्नेगरी क्वारेन्टाइनमुक्त गरेको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। उनका अनुसार अब सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङमा २ र पाथीभरा याङ्वरक गाउँपालिको डुम्रिसेमा रहेको क्वारेन्टाइनमा गरी १ गरी जिल्लाभरीमा ३ जना मात्र क्वारेन्टाइनमा रहेको प्रजिअ निरौलाले बताए।
ताप्लेजुङका सबै स्थानीय तहमा अहिले १ सय ७४ शैयाको क्वारेन्टाइन तयारी अवस्थामा छन्।
प्रकाशित: २६ चैत्र २०७६ ०८:१४ बुधबार