coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

परदेशबाट फर्केकाको पहिचानमा सकस

लहान  - प्रदेश–२ सरकारले प्रेस ब्रिफिङमार्फत मंगलबार २३ जना व्यक्ति आइसोलेसनमा भर्ना रहेको सार्वजनिक गरेको छ। आइसोलेसनमा रहेका २५ मध्ये दुई जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई ‘तपाईहरू ढुक्क भएर घर जानुस्,’ भन्दै मंगलबार डिस्चार्ज गरिएको थियो।

हाल प्रदेश २ मा एक सय २० वटा आइसोलेसन शड्ढया व्यवस्था गरिएको तथा आवश्यकताअनुरूप आइसोलेसन कक्ष थप गर्दै जाने बताइएको छ। तर यहाँको आइसोलेसन कक्ष र त्यसमा राखिएका शड्ढयाहरूको अवस्था कस्ता छन् ? भर्ना भएका बिरामीको हेरचाह कसरी हुन्छ ? यी विषय भर्ना भएका बिरामीभन्दा बढ्ता कसलाई थाहा हुन सक्छ।

प्रदेश सरकारले कोरोना बिरामीको उपचारका लागि छनोट गरेको प्रदेशभरका तीन सरकारी हब अस्पतालमध्ये प्रादेशिक अस्पताल जनकपुर प्रमुख हो। यहाँको आइसोलेसन कक्षको बेहाल अवस्थाबाट भर्ना भएका बिरामीहरू आजित हुँदै आए पनि बोल्न सकिरहेका थिएनन्। कोही नबोल्दासम्म सुधार हुने कुरै भएन।

सामान्य ज्वरो र सास फेर्न असहज भएर लहानको सरकारी अस्पताल पुगेका लहान नगरपालिका–२२ जहदीका एक युवक त्यहाँ उपचार नपाएर शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए। जनकपुर अस्पतालका स्वास्थ्यकर्मीले भने उनको जाँचै नगरी अइसोलेसनमा भर्ना गरिदिए। सास फेर्न सकस परेका उनी रातभर आइसोलेसनमा अनिँदो छटपटिए।

आइसोलेसन कक्षमा शौचालय भए पनि पानी थिएन। हात धुने ठाउँमा फोहोरैफोहोर थियो। शड्ढया सफा थिएन। लामखुट्टेको प्रकोप छल्न झुलको व्यवस्था थिएन। यस्तो बेहाल अवस्थाको आइसोलेसनमा बस्दाको अनुभव नागरिकसँग साझा गर्दै ती युवकले भने, ‘यहाँ स्वास्थ्य मानिस पनि संक्रमित हुने जोखिम छ।’ 

गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पनि आइसोलेसनको नौ वटा शड्ढया रहेको सरकारी दाबी छ। तर यहाँ आइसियु नै छैन। सिरहामा १३ वटा आइसोलेसन शड्ढया रहेको सरकारी दाबी छ। यहाँ पनि आइसियु छैन। आइसियु सेवा भएका अस्पतालमा पनि आइसोलेसन कक्ष व्यवस्थित नहुँदा बिरामीहरूमा थप संक्रमण फैलिने, मनोवैज्ञानिक असर पर्नेलगायत समस्या निम्तिने जोखिम छ।

प्रादेशिक जनस्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य निरीक्षक विजय झाका अनुसार प्रदेशमा १३ वटा सरकारी अस्पताल छन्, जसमध्ये नारायणी अस्पताल वीरगन्ज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा मात्र कोरोनासम्बन्धी उपचार सेवा सञ्चालनमा छ। सरकारी अस्पतालमा चार शड्ढयाको सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा छ।

प्रदेश सरकार सरकारी अस्पताललाई कोरोना उपचारका लागि तयार पार्नुभन्दा निजी अस्पतालहरूको भर परेर बसेको देखिन्छ। तर निजी अस्पतालहरूको हालत पनि भरपर्दो छैन। ‘प्रादेशिक अस्पतालमा कोरोना बिरामीको संख्या बढ्यो भने मात्र हामीले भर्ना लिने हो,’ जानकी मेडिकल कलेजका सञ्चालक ओम पाण्डे भन्छन्, ‘सरकारी अस्पतालले धान्न नसक्ने भयो भने मात्र हाम्रै अर्को सिटी अस्पतालमा बिरामी भर्ना गर्ने प्रदेश सरकारसँग सम्झौता भएको छ।’ सिटी अस्पतालमा १० शड्ढया आइसियु, आठ शड्ढया एनआइसियु र चार वटा भेन्टिलेटरको व्यवस्था छ। जानकी मेडिकल कलेजमा दुईवटा भेन्टिलेटर छ। 

फर्केकाकोे तथ्यांक छैन
यतिबेला कोरोना संक्रमण रोक्न मुलुकमा बन्दाबन्दी (लक–डाउन) को अवधि पुनः थपिएको छ। यस अवधिमा संक्रमित देशबाट फर्किएकाहरूको पहिचान गर्ने, उनीहरूमा संक्रमणको लक्षण निगरानी गर्ने र लक्षण देखिए परीक्षण गर्ने कामलाई तीव्र गति दिनुपर्ने चिकित्सहरू बताउँछन्। तर यस प्रदेशमा कति मानिस मलेसिया, खाडी मुलुक, भारतलगायत कोरोना प्रभावित देशबाट फर्के त्यो तथ्यांक प्रदेश सरकारसँग छैन। अहिलेसम्म सरकार पहुनाको पहिचानमै अल्झेको देखिन्छ।

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार आठै जिल्लामा ८ सय ६९ जना क्वारेन्टाइनमा छन्। अहिलेसम्म सरकारले उतm संख्याका व्यक्तिलाई मात्र पहिचान गर्न सकेको छ। अझै भारतीय सीमानाकाबाट मानिस घर फर्किने क्रम रोकिएको छैन। यस प्रदेशमा सानानठुला गरी एक सय नौवटा सीमानाका छन्। 

प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार संक्रमण तीव्र रूपमा फैलिएको मुलुकबाट निर्धक्क भित्रिएकाहरूबाट समाजमा कोरोनाको जोखिम बढेको छ। ‘परदेशबाट फर्केकाहरूलाई क्वारेन्टाइनमा राख्न सम्भव भएको भए समाजिकस्तरमा संक्रमण फैलिने जोखिमलाई रोक्न सकिन्थ्यो,’ डाक्टर यादवले भने, ‘अहिले पनि कुन–कुन व्यक्ति कहाँबाट कहिले आएका हुन् भनेर पहिचान गर्न ढिला गर्न हुन्न।’ पहिचान भइसकेपछि उनीहरूलाई अलग्याएर निगरानीमा राख्नुपर्छ। त्यसपपछि सम्भव भए सबैको नभए शंकास्पदहरूको प्रयोगशाला परीक्षण गर्नुपर्ने उनको सुझाव छ।

नारायणी अस्पताल विरगंजका प्रमुख डाक्टर मदन उपाध्यायका अनुसार अहिले लगाइएको ‘लक–डाउन’ को प्रभावकारिता तब मात्र हुन्छ जब धेरैभन्दा धेरै शंकास्पदको प्रयोगशाला परीक्षण हुन्छ। संक्रमण समुदायिक स्तरमा फैलनबाट रोक्न विदेशबाट आएका र तिनको सम्पर्कमा आएकाहरूको पहिचान, निगरानी र परीक्षणको दायरा बढाउनु मात्र एकमात्र विकल्प हो।

प्रदेश २ मा मंगलबारसम्म एक सय १९ जनाको स्वाब संकलन गरिएकोमा १६ जनाको रिपोर्ट आउन बाँकी छ भने परीक्षण गरिएका सबै (एक सय तीन जना) को रिपोर्ट नेगेटिभ आएको छ।

 

प्रकाशित: २६ चैत्र २०७६ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App