coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

हेल्थ डेस्कमा २४ सै घण्टा स्वास्थ्यकर्मी

शेराटारमा रहेको २४ सै घण्टा सञ्चालन गरिएको हेल्थडेस्क र स्वास्थ्यमर्की । तस्बिर : विनोद / नागरिक

तनहुँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन शुक्लागण्डकी नगरपालिकाद्धारा सञ्चालित हेल्थ डेस्कमा २४ सै  घण्टा स्वास्थ्यकर्मीसहित सञ्चालन गरिन्छ। नगरपालिकाको प्रवेशद्धार वडा नम्बर ७ शेराटारमा पृथ्वीराजमार्ग हुँदै  विदेशबाट आउने नगरवासीबाट संक्रमण फैलने जोखिम भएकाले उनीहरुको स्वास्थ्य परिक्षण गर्न २४ घण्टा रहेको डेस्क सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए। डेस्कमा दुई जना स्वास्थ्यकर्मी, नेपाल प्रहरी र आर्मीका दुई/दुई जना सुरक्षाकर्मी खटिएका छन्। 

‘भारतसंग जोडिएका नाका बन्द हुदाँ धेरै नेपाली रोकिएका छन्। नाका बन्द भएपनि विभिन्न बाटो हुँदै नेपाल आइरहेको पाइन्छ। तीमध्ये केही शुक्लागण्डकीवासी हुन सक्छन्। पृथ्विराजमार्ग हुँदै  शुक्लागण्डकी प्रवेश गर्ने प्रत्येक यात्रुवाहक र मालवाहक सवारीलाई डेस्कमा खटिएका सुरक्षाकर्मीले रोक्छन्। शुक्लागण्डकीका कोही आए÷नआएको सोधपुछ हुन्छ। आएको भए त्यही झारेर स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएका छौं’, उनले भने। विशेष गरि डेस्कमा ज्वरो आएका, रुघाखोकी लागेका र शंकास्पद व्यक्तिको स्वास्थ्य परीक्षण गरिन्छ। व्यक्तिगत सुरक्षा सामाग्री पिपिई पहिरिएका स्वास्थ्यकर्मीले थर्मल गनमार्फत परीक्षण गर्छन्।

स्वास्थ्य परिक्षण गर्दा समस्या देखिएमा तुरुन्तै क्वारेन्टाइनमा पठाउने श्रीवास्तवले जनाए। स्वास्थ्य शाखामा एम्बुलेन्स तयारी अवस्थामा राखेको उनले जनाए। विदेशबाट फर्किएका र संकास्पद व्यक्तिलाई राख्न नगरले जनकल्याण माध्यमिक विद्यालय बेलचौतारा र गाउँ फर्कोदय माध्यमिक विद्यालय ढोरफिर्दीमा १५÷१५ शैय्याको क्वारेन्टाइन बनाएका छन्।  कोरोनाको संकास्पद बिरामीको उपचारार्थ शुक्लागण्डकीको बेलचौतारस्थित जिपी कोईराला रािष्ट्रय श्वासप्रश्वास उपचार केन्द्रमा २७ शैय्या र दुलेगौँडाको तनहुँ सेवा हस्पिटलमा दुई शैय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा छ।

यस्तै नगरपालिकाले कास्की जिल्लासंग सिमान जोडिएको वडा नम्बर दुई कोत्रेमा पनि हेल्थ डेस्क राखेको छ। त्यहाँ भने दिवाकालिन सेवा दिने गरिएको छ।


 

प्रकाशित: २५ चैत्र २०७६ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App