८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पार्क प्रकरणमा सामसुङका पदाधिकारीमाथि सोधपुछ

सोल (दक्षिण कोरिया)– दक्षिण कोरियाली न्यायाधिकारीहरुले संसदबाट महाभियोग लगाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे विरुद्धको भ्रष्टाचार आरोपमा सामसुङ इलेक्ट्रोनिक्सका उच्च पदाधिकारी तथा त्तराधिकारी लि जाओ योङ्माथि बिहीबार सोधपुछ गरिएको छ ।

सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष लि र उनका छोरा सामसुङ ग्रुपका अध्यक्ष लि कुन हीको पनि भ्रष्टाचार मुद्दामा संलग्नता भएको आरोप थियो । उनीहरुलाई बिहीबार छानविनको दायरामा ल्याउन सोधपुछ सुरु गरिएको हो।

लिमाथि संसदीय सुनुवाइका क्रममा झुटो बयान दिएर सामसुङको घुसकाण्डबाट जोगिन खोजेको आरोप पनि रहेको योह्याप न्यूज एजेन्सीले जनाएको छ।

आफूमाथि चासो व्यक्त गरी कोरियाली जनताबीच कानुनी छानविनको दायरामा ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्दै यस प्रकरणमा आफ्नो कुनै दोष नभएको,” लीले सोधपुछका क्रममा न्यायाधिकारीलाई बताएका योनह्यापले जनाएको छ।

उक्त अवसरमा लि र उहाँका वकील अगाडि दर्जनौ कोरियाली नागरिक लिको पक्राउका माग गर्दै नारावाजी समेत गरिएको थियो । रासस/एएफपी
 

प्रकाशित: २९ पुस २०७३ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App