coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

किसानको गाँस खोस्दै निशेधाज्ञा

बर्दिया – खेतमा खेतमा लहलह गहुँ पाकेको देख्दा राजापुरका किसान राम लखन चौधरीको परिवार यतिखेर वेचैन हुन्छ। खेतमा पाकेको गहुँ बोक्ने बेलामा थारूको परिवारमाथि चिन्ताको वादल मडारिइरहेको छ। केहि दिन यस्तै अवस्था रहे गहुँबाली भित्राउँन नसकिने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।

‘गहुँले झर्ने अवस्थामा पुगेको छ,’तर निशेधज्ञामा किसानलाई खेतमा जान प्रहरीले मरेकाटे दिदैनन,’ पाकेका गहुँका बोट देखाउँदै राजापुरका दानबहादुरले भने, ’यो त हामी गरिब किसानलाई मार्ने काम भयो,यसको विकल्पमा अर्को रोजगारी हामीसँग छैन ।’

बिश्वमा फैलिएको कारोना भाईरस सक्रमण रोक्न गरिएको जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेपछि हजारौं किसान मारमा छन्। गहुँ भित्राउँने चटारो हुने ‘पिक आवर’ मा किसान रोटी खोस्न खोजेको’ उनीहरूको आरोप छ। ‘गहुँ पाकेपछि आफै झर्छ के गर्ने?’ गुलरियाका राधेश्याम लोधले सुनाए, ’कोरोनाले त हाम्रो रोटी खोस्ने भयो।’डढेलोका सिजन सुरु भएकाले आगलागीबाट गहुँ बचाउन अठूलो चुनौती भएको उनले सुनाए। 

निशेधआज्ञाले जिल्लामा ८० प्रतिशत  खेती किसानमा आश्रित किसानको बारेमा व्यावहारिक पक्षको ख्याल नगर्दा हजारौं हेक्टर जग्गामा लगाइएको गहुँबाली खेतमा झर्नेे अवस्था छ।

‘किसानको भनाईमा निशेधाज्ञा खेतमा खुकुलो गर्दा किसान बाच्थे भन्ने हों,’ कालिका गाविसका किसान चन्द्र शर्माले भने, ‘यहाँ त जानाजान हाम्रो पेट भोकै अवस्था आएको छ।’ पाकिसकेको गहुँ काट्न नपाउँदा किसानमा हाहाकार मच्चिएको उनले बताए।

किसानका मर्का सुनाउँदा कहि कतै  सुनुवाई नभएको किसानको भनाई छ ।घरकै किसान खेत सम्म गएर बोक्न मिल्ने गरी व्यबस्था मिलाउँन पर्ने किसानको माग छ। यसले कृषिमा आश्रित गरिब तथा विपन्न परिवारमा तनाव बढेको छ।

धान–गहुँ बेचेर परिवारको गर्जो टार्दै आएका देउडाकलाका रामशरण थारूकोे गहुँ पाकेको एक महिना भयो। ‘गहुँले काट्न नपाईने भयो,निशेधाज्ञा बढेको बढै छ,’ उनी भन्छन, ’वैशाख सम्म त गहुँका बोट देख्न पाइने हुन् कि नाइँ भन्नै सकिन्न।’

किसानले गहुँ बोक्नका लागि थे्रसर चलाउँने गर्छन। थोरै जनशक्ति प्रयोग गरेर ट्याक्टरमा बोक्ने गर्छन ।‘त्यसका लागि ईन्धन लिन जान पर्छ’उनले भने,‘ प्रहरीले भेटाए भने कुटलान भन्ने त्रास त्यत्तिकै छ, ईन्धनको भाउँ घटेकाले पम्पले दिन मान्दैनन।’ यँहाका किसान अधिकांश थारू समुदायको बाहुल्य छ। अधिकांश थारु परिवारसँग आफ्नो जग्गा थोरै छ। उनीहरू अरूको जग्गामा अधिया लगाउँछन्।

यतिबेला सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा थप १ सय ५० थप प्रहरी परिचालित गरेर कडाई गरिरहेको छ।भारत तर्फको आवागमन रोक्न प्रहरी परिचालित गरिएको एसपि यादव बिकले बताए ।गाउँ बस्ती र समुदायमा सचेतनाका लागि नेपाल प्रहरी खटिरहेको छ ।निशेधाज्ञा पूर्ण रुपमा पालनामा गराईरहेको प्रहरीले दाबी गरेको छ। 

यसअघि जारी भएको निशेधाज्ञा जस्तै मंगलबार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नेतृत्वमा बसेको सुरक्षा समतिको बैठकबाट जारी भएको प्रेश विज्ञप्तिमा किसान खेत सम्म पुग्न सक्ने कुनै बुदामा उल्लेख गरिएको छैन। विज्ञप्तिमा उल्लेख भएको ७ वटा बुदामा अत्याआवश्य काम बाहेक निस्कन नपाउँने, प्रशासनबाट  अनुमति प्राप्त सवारी साधन चल्ने र अन्य कारण घर बाहिर निस्केमा कानुनी कारबाही हुने भन्ने उल्लेख छ। यतिबेला किसानमाथि परेको मर्का बारेमा सोच्न पर्ने अवस्थामा आएको किसानको भनाई छ। 

 

प्रकाशित: २५ चैत्र २०७६ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App