६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कांग्रेसले भन्यो : कोरोनाविरुद्धको लडाईमा सरकारसँगै छौै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने बताएको छ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरुको बैठकले मानविय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताए। बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परीक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ।

त्यस्तै बैठकले पीपीई, भेन्टीलेटर, परीक्षण किट लगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको प्रवक्ता शर्माले बताए। उनले भने ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण रुपले घचघच्याउने सरकारले परीक्षणको दायरा व्यापक रुपमा बढाएर जानुपर्ने बैठकले आवश्यकता महसुस गरेको छ। सरकारलाई त्यसका लागि अपिल गरेको छ। पीपीई, परीक्षण किट, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्रीहरुको अप्रयाप्तता जे छ त्यसलाई चाँडोभन्दा चाँडो सरकारले जुन प्रकृयाले हुन्छ व्यवस्थापन गर्नलाई आजको बैठकले अपिल गरेको छ। सरकारको कमिकमजोरीहरुको सन्दर्भमा औल्याउने तर अहिलेको बेलामा सरकारमा सँगै नरहेर पनि सरकारलाई संकटमा साथ दिन सकिन्छ सँगै नरहेर पनि संकटमा सँगै लडन सकिन्छ भन्ने भावनाका साथ नेपाली कांग्रेस पार्टीले सरकारलाई हरसम्भवले सघाउने भन्ने निर्णय पनि आजको बैठकले गरेको छ।’

स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरुलाई पनि मानविय भावनाले काम गर्न बैठकले आग्रह गरेको उनले बताए।

 

प्रकाशित: २५ चैत्र २०७६ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App