८ वैशाख २०८१ शनिबार
अर्थ

पुल तथा नदी नियन्त्रणको काम तत्कालै अघि नबढे व्यवसायीको अर्बाै रकम जोखिममा

काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनको कारणले रोकिएको पुल तथा नदी नियन्त्रणको काम तत्कालै अघि नबढे व्यवसायीको अर्बाै रुपैयाँ जोखिममा पर्ने जनाएको छ। लकडाउनको कारणले पुल तथा नदी नियन्त्रण कार्य प्रभावित भएकाले तत्कालै निर्माणको वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन्। 

महासंघले पुल तथा नदी नियन्त्रणको लागि आवश्यक पर्ने निर्माण सामग्री र फर्मा लगायतका सम्पूर्ण कार्य गरिसकेकोले आवश्यक स्वास्थ्य सुरक्षा रणनीति अपनाएर पुल तथा नदी नियन्त्रणको काम अघि बढाउने वातावरण तयार गरिदिन सरकारसँग आब्हान गरेको छ।  महासंघका महासचिव रोशन दाहालले व्यवसायीहरुले पुल निर्माणका लागि आफ्नो अरबौंको लगानी गरि निर्माण स्थलहरुमा आवश्यक निर्माण सामग्रीहरु गिट्टी, बालुवा, सिमेन्ट, रड, फर्मा लगायत ढुवानी गरिसकेका आवश्यक सुरक्षा अपनाएर पुल निर्माणको वातावारण बनाइदिन आग्रह गरे। 

‘अहिले अधिकांश पुल निर्माणको लागि स्लाव ढलान गर्ने फर्मा राखि रड समेत बाँधि सकेको र प्रिस्टेज पुल निर्माणको लागि टेण्डम तार जडान कार्य भइसकेको छ,’ उनले भने, ‘यस्ता खालका निर्माण कार्य वर्षा शुरु हुनु भन्दा आगाडी नै गर्न अति आवश्यक हुन्छ। त्यो गर्न नसकेमा निर्माण व्यवसायीको अवौ लगानी डुब्ने जोखिम हुन्छ।’ 

महासचिव दाहालले पुल निर्माणमा व्यवसायी तथा कामदारले आवश्यक स्वास्थ्य सतर्कता अपनाएर काम गर्ने भएकाले सहज वातावरण बनाइदिन अनुरोध गरे। महासंघले स्वास्थ्य सुरक्षा अपनाई ती कार्यहरु संचालनमा ल्याउन अति आवश्यक रहेका महासंघले बताएको छ।

ती परियोजनाहरुको निर्माण स्थलमा सिमित श्रमिकहरु हुने र निश्चित क्षेत्र भित्र रहने भएकोले सामाजिक दुरी कायम गर्न सकिने हुँदा कोरोना संक्रमण हुने खतरा पनि नरहने महासंघको भनाई छ।

 विश्वव्यापी महामारीको रुपमा फैलिरहेको  कोराना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण पुल नथा नदि नियन्त्रणका निर्माण कार्यहरु गर्न हाल असहज रहेकाले सहज वातारण बनाई दिन महासंघले एक विज्ञप्ती जारी गर्दै सरकारसंग आग्रह गरेको हो। चैत ११ देखि मुलुक लकडाउन भएकाले निर्माण क्षेत्र प्रभावित हुदैं आइरहेको छ। 

अन्य निर्माण कार्यहरु समय अनुसार गर्दा पनि हुने तर नदिमा निर्माण हुने पुल र नदि नियन्त्रणका निर्माण कार्यहरु वर्षा अगावै सकि सक्नुपर्ने हुँदा यी निर्माण कार्य तत्काल सुरक्षा अपनाई निरन्तरता दिन सहयोग गरिदिनका लागि महासंघ नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।

 महासंघले आर्थिक वर्षको वर्षायाम शुरु हुनु अगावै यस्ता पुल लगायतका संवेदनशिल क्षेत्रमा गरिने नदि नियन्त्रणका निर्माण कार्यहरु आवश्यक स्वास्थ्य सम्बन्धि मापदण्ड अनुसार सावधानी सहित यथासंभव चाँडो निरन्तरता गरिदिन महासंघले सरकार संग आग्रह गरेको छ। साथै पुल निर्माणको लागि आवश्यक पर्ने टेण्डम तार तान्ने मेसिन लगायतका उपकरणहरु र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्न वस्तुको ढुवानी गर्न, पुलका प्राविधिकहरु र मजुदरहरुको आवतजावतको लागि अनुमति पासको व्यवस्था गरिदिन पनि महासंघले नेपाल सरकार संग आग्रह गरेको छ।

सरकारले चालु आर्थिक वर्षमा बहुवर्षे ठेक्का अन्र्तगत विभिन्न आयोजनाको लागि तीन सयभन्दा धेरै पुल निर्माणको ठेक्का लगाएको छ। कोरोना भाइरसको कारणले ति सबै आयोजनाको काम प्रभावित हुने लगभग निश्चित प्रायः छ। पुल महाशाखाका अनुसार सरकारले चालु आर्थिक वर्षमा स्थानीय सडकमा पुल निर्माणको लागि सुरुमा चार अर्ब ५७ करोड र चालु आवको बिचमा चार अर्ब ७५ करोड रुपैयाँ बजेट थप गरेको थियो।

त्यसैगरी रणनीतिक सडक पुलको लागि भने तीन अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा मुलुकभर तीन सयभन्दा धेरै पुलनिर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। चालु आवको दोस्रो चौमासिकसम्म एक सय अर्थात ३३ प्रतिशत पुल निर्माणको काम सम्पन्न भइसकेका छन्।

प्रकाशित: २५ चैत्र २०७६ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App